www.tandavnews.com
Fact ~ In search of truth

सर्वाेच्चको फैसला : अब जनप्रतिनिधीले तलब खान नपाउने

पोखरा ।
प्रदेश १ बाहेक गण्डकी २, ३, ५, कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभाबाट जनप्रतिनिधीले मासिक तलब लिन पाउने भनी बनाएको कानुन खारेज भएको छ । गत भदौ १ गते आइतबार अधिवक्ता लोकेन्द्र ओलीले सर्वाेच्चमा दायर भएको रिटको फैसला शुक्रबार सुनाएसँगै जनप्रतिनिधीहरुले मासिक तलब लिन बनेको कानुन खारेज भएको हो ।

‘प्रदेश १ बाहेक ६ वटा प्रदेश सभाले स्थानीय तहका जनप्रतिनिधीहरुलाई मासिक तलब लिनेगरी बनाएको कानुन खारेज भएको छ,’ अधिवक्ता लोकेन्द्र ओलीले भने, ‘सर्वाेच्चको निर्णयसँगै जनप्रतिनीधिले पाउनेमासिक पारिश्रमिक पनि रोकिएको छ ।’
गण्डकी प्रदेशले त जनप्रतिनिधीले दोहोरो सुविधा लिन पाउने ब्यवस्था समेत बनाएको थियो ।
भदौ पहिलो साता सर्वाेच्च अदालतमा दायर भएको रिटमाथी बुधबार छलफल सकिएको थियो ।
अधिवत्ता लोकेन्द्र ओलीले प्रदेश १ बाहेकका सबै प्रदेशले संविधानको गम्भीर उल्लङ्घन गरी स्थानीय तहका जनप्रतिनिधिहरूलाई मासिक रुपमा पारिश्रमिक, ज्याला, तलबसहित सुविधा दिने ऐनहरू जारी गरी करोडौँ रकम सिध्याएको भन्दै भदौ एक गते आइतबार सर्वाेच्चमा रिट निबेदन दर्ता गरेका थिए ।
‘संविधानको उल्लंघन गरी प्रदेश सरकारहरुले स्थानीय तहका जनप्रतिनिधिलाई मासिक तलब लिने गरी कानुन बनाए । मैले दायर गरेको रिटमाथि बुधबार संवैधानिक इजलासमा बहस सकियो,’ उनले भने, ‘आज निर्णय आयो । यो निर्णय ऐतिहासिक आयो । अब मासिक तलब लिन पाउनेछैनन् ।’
अधिवक्ता ओलीको पक्षबाट वरिष्ठ अधिवक्ताहरू डाक्टर गोविन्द गौतम, शेरबहादुर केसी, डाक्टर चन्द्रकान्त ज्ञवाली, गोपालकृष्ण घिमिरे, अधिवक्ताहरू सुदीप पौडेल, पंकजकुमार कर्ण, ओमप्रकाश अर्याल, सन्तोष भण्डारी, आरसी गौतम, डाक्टर शिवकुमार यादव, ज्ञानेन्द्रराज आरण, राधा जीसी, वीरेन्द्र गौतम र लक्ष्मी थापाले बहस गरेका थिए ।
‘संविधानको धारा २२० को (८) र धारा २२७ मा जनप्रतिनिधीलाई तलब, ज्यालासहित सुविधा दिने उल्लेख नगरी सुविधा मात्रै दिने उल्लेख गरेको छ,’ अधिवत्ता ओलीले भने, ‘प्रदेश १ ले नेपालको संधिवान अनुसार नै सुविधा मात्रै लिने ऐन बनाएर कार्यान्वयन सुरु गरेको छ । अरु प्रदेशले राज्यको करोडौँ सिध्याइरहेका छन् । यो संविधान विपरित हो ।’ उनले छ वटा प्रदेशले बनाएका यी ऐनहरू तत्काल खारेजीको पनि माग गरेकाछन् । बिहीबार भएको बहसमा कर्णाली र प्रदेश २ बाहेकका मुख्यन्यायधिवक्ताहरुको उपस्थित थिए ।
लिनै नपाइने महिनावारी तलब बुझ्दै
जनप्रतिनिधीहरुले पाउने सुविधाको विषयमा सबै प्रदेशले ऐन बनाएका छन् । प्रदेश १ बाहेकका प्रदेशका गाउँ, नगर, उपमहानगर र महानगरसभाका बैठक भत्तासँगै उनीहरुले मासिक रुपमा तलब समेत बुझ्दै आएका छन् ।
संविधानमा स्थानीय तहका जनप्रतिनीधिले पारिश्रमीक लिन पाउने ब्यवस्था नभई सुविधा लिन पाइने ब्यवस्था छ । प्रदेश र स्थानीय तहले संविधानले सुविधा लिन पाउने भनेर गरेको ब्यवस्थालाई प्रदेशले तोडमोड गरेर तलब, सेवासुविधा मनलाग्दी बनाएका छन् । प्रदेश १ बाहेकका जनप्रतिनीधीले कर्मचारीले जसरी नै मासिक रुपमा तलब बुभेका छन् । उल्लेख गरेको सुविधा नियमित नभई तोकिएको बैठक वा विशेष अबसरमा उपस्थित भएवापत यातायात खर्च वा अन्यखर्च पर्छन । तर, अहिले महिनाभरी ज्यालादारी काम गरे जसरी जनप्रतिनीधिहरुले तलबसँगै अन्य भत्ता (सुविधा)हरु पनि लिँदै आएकाछन् । प्रदेश र स्थानीय तहले संविधान विपरित त्यस्तो ब्यवस्था गरेकाछन् ।
मानिसहरुले जनप्रतीनिधीलाई सेवाको नभई जागिरेको हिसाबले हेर्न थालेको गण्डकीका प्रमुख प्रतिपक्षी दलका सांसद कुमार खड्का बताउँछन् ।संविधानलेयस्तो ब्यवस्था गरेको छैन । अझ गण्डकी सरकारले त दोहोरो सुविधा लिने विद्येयक ल्याएर पारित समेत गरिसकेको छ । प्रमुख प्रतिपक्षी दल कांग्रेस लगायत दलका सांसदले उक्त विद्येयकको विरोध जनाएजस्तो गरेपनि उक्त विद्येयकको मौन समर्थन गरेका थिए ।

सेवा सुविधा लिनका लागि बनेको ऐनको दफा ३ को उपदफा १ र उपदफा ८ को उपदफा १ सँग सम्बन्धीत रहेर महानगरपालिका, प्रमुख, उपप्रमुख, वडाअध्यक्ष, कार्यपालिकाका सदस्य तथा वडा सदस्यहरुको सुविधा तोकेकोछ ।
त्यस्तै दफा ३ को उपदफा १ र उपदफा ८ को उपदफा १ सँगनै सम्बन्धीत रहेर उपमहानगरपालिका, प्रमुख, उपप्रमुख, वडाअध्यक्ष, कार्यपालिकाका सदस्य तथा वडा सदस्यहरुको सुविधा तोकेकोछ ।
त्यस्तै गाउाँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, गाउँ कार्यपालिकाका सदस्यतथा वडा सदस्यको सुविधा पनि सोही दफा र उपदफालाई टेकेर निर्धारण गरेको छ ।
दफा ३ को उपदफा १ र उपदफा ८ को उपदफा १ सँग नै सम्बन्धीत रहेर नगरपालिका प्रमुख, उपप्रमुख, वडाअध्यक्ष, कार्यपालिकाका सदस्य तथा वडा सदस्यहरुको सुविधा तोकेकोछ । संविधानको अनुसूची २ दफा ४ सँग सम्बन्धीत रहेर गाउँ, नगर, उपमहानगर र महानगरसभाका बैठक भत्ता तोकेको छ ।

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.