www.tandavnews.com
Fact ~ In search of truth

सेमिफाइनलमा क्रोएसिया र इंग्ल्याण्ड भिड्दै

काठमाडौँ, (रासस)

विश्वकप फुटबल–२०१८ अन्तर्गतको दोस्रो सेमिफाइन खेलमा क्रोएसिया र इंग्ल्याण्ड भिड्ने भएका छन् ।

रुसमा जारी विश्वकप फुटबलमा दुवै टोली विजय लक्ष्यका साथ आज राति ११ः४५ बजे प्रतिष्पर्धा गर्नेछन् । सेमिफाइनलसम्मको यात्रा तय गर्दा क्रोएसिया अपराजित छ भने इंग्ल्याण्ड समूह चरणमा बेल्जियमसँग पराजित भएको थियो ।

Batas

क्वार्टरफाइनलमा क्रोएसियाले आयोजक रुसलाई ट्राइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गरेको थियो भने इंग्ल्याण्डले स्विडेनलाई २–० गोलअन्तरले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो ।

सन् १९९८ को विश्वकपमा प्रवेश गरेको क्रोएसियाले त्यतिबेला नै सेमिफाइनल पुग्न सफल भएको थियो । त्यसयता क्रोएसिया सेमिफाइनलमा पुग्न सकेको छैन । विश्वकपमा क्रोएसियाले दोस्रो पटक सेमिफाइनल खेल्दैछ ।

सन् १९९० मा पछिल्लो पटक सेमिफाइनल खेलेको इंग्ल्याण्ड सन् १९६६ को विश्वकप विजेता हो । इंग्ल्याण्डले तेस्रो पटक सेमिफाइनल खेल्दैछ ।

विश्वकप फुटबलमा क्रोएसिया र इंग्ल्याण्ड पहिलो पटक भिड्न लागेका हुन् । यसअघि सन् २००४ मा भएको युरोकपमा इंग्ल्याण्डले क्रोएसियालाई ४–२ गोलअन्तरले पराजित गरेको थियो । यी दुई टोलीले अहिलेसम्म सातवटा खेल खेलेका छन् । इंग्ल्याण्ड चारमा तथा क्रोएसियाले दुई खेलमा विजयी भएको छ ।

मंगलबार सम्पन्न पहिलो सेमिफाइनलमा बेल्जियमलाई १–० गोलअन्तरले पराजित गर्दै फ्रान्स फाइनलमा पुगेको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.