www.tandavnews.com
Fact ~ In search of truth

सेलवेजमा दशैँ छुट

पोखरा ।

बिगत २६ वर्ष देखी सेवारत सेलवेज डिपार्टमेन्ट स्टोर चिप्लेढुगां शाखाले थप सुविधा सहितको सेवा बिस्तार गरेको छ । हिजो घटस्थापनको दिन देखि विस्तारित सेवाको औपचारिक सुभारम्भ भएको छ । ग्राहकको सेवा, सरसफाइ तथा कस्टुमर भ्यालुमा छुटै पहिचान बनाएको सेलवेजको बिस्तारित चिप्लेढुगां शाखा ३० हजार स्क्वायर फिट क्षेत्रफलमा फैलिएको छ ।

कार र मोटरसाइकल पार्किङको लागी पर्याप्त ठाँउको ब्यबस्था, एयर कन्डिशन ,बच्चाहरुको लागी चाहिने सम्पूर्ण सामान तथा आकर्षक प्ले जोनको सुबिधा रहेको यो डिपार्टमेन्ट स्टोरमा इलेक्ट्रोनिक्स सामाग्री , गिफ्ट, गार्मेन्ट्स घरमा चाहिने अत्यावश्यक किचनका गुणस्तरिय सामानहरु, दैनिक ग्रोसरिज, डेरी प्रोडक्ट, तरकारी तथा फलफुलहरु, सबै ब्राण्डका मदिरा ,पर्सनल सौन्दर्यका सामाग्री आकर्षक छुटका साथ सुपथ मुल्यमा पाइने साथै स्टोरमा कफी सप, रेस्टुरेन्ट तथा एटिएम लाउन्ज सुबिधा समेत प्रदान गरिएको सेलवेज तथा सेल्सबेरीका संस्थापक सुशिल प्रधानाङ्गले बताए ।

Batas

दशैका अवसरमा सेलवेज तथा सेल्सबेरीले चिनी प्रति के जी ४९ रुपैया, प्याज प्रति के जी २९ रुपैया, लगायत गार्मेन्ट्समा १० देखी ५० प्रतिशत छुट दिएको छ । दैनिक उपभोग्य सामानमा आर्कषक छुटको ब्यबस्था गरिएको स्टोरको हाल पोखरामा ३ वटा, काठमाडौं र ललितपुरमा ६ वटा तथा धरानमा १ शाखा सन्चालनमा रहेको सेलवेज तथा सेल्सबेरीका महाप्रबन्धक शन्दिप प्रधानाङ्गले बताए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.