www.tandavnews.com
Fact ~ In search of truth

सोचेअनुरुप काम गर्न नसके पद छाड्छु : पर्यटनमन्त्री भट्टराई

काठमाडौं ।

नवनियुक्त पर्यटनमन्त्री योगेश भट्टराईले आफुले काम गर्न नसक्ने महशुस भयो भने राजीनामा दिने बताएका छन् ।

आफुले सोचेअनुसारको काम गर्न नसके पदमा मात्रै नबस्ने जिकिर भट्टराईले गरेका हुन् । तत्कालीन एमालेका पार्टी कार्यालय बल्खुस्थित मदन भण्डारीको शालिकमा माल्यार्पण गर्दै मन्त्री भट्टराईले आफुले काम गर्न नसक्ने महशुस हुनेबित्तिकै पद छाड्ने बताएका हुन् ।

भट्टराईले प्रधानमन्त्रीसँग करार सम्झौता गरेर उनकै निर्देशनमा अघि बढ्दै नेपाललाई विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन आफू लागि पर्ने बताएका छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.