www.tandavnews.com
Fact ~ In search of truth

हालसम्मकै उच्च मूल्यमा कारोबार हुँदै सुन

काठमाडौँ।
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रू एक लाख छ हजार नौ सय तोकिएको छ ।

यो नेपाली बजारमा कायम भएको सुनको हालसम्मकै उच्च मूल्य हो । अघिल्लो दिन प्रतितोला रू एक लाख छ हजार दुई सय कायम भएकोमा आज प्रतितोला रू सात सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रू एक लाख छ हजार चार सय छ । यसको मूल्य अघिल्लो दिन रू एक लाख पाँच हजार सात सय थियो ।

Batas

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा रू १५ ले बढेर प्रतितोला रू एक हजार तीन सय ८० पुगेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्य बढेकाले यहाँको बजारमा त्यसको प्रभाव परेको महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यको भनाइ छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको मूल्यका आधारमा दैनिक यहाँ कारोबार मूल्य तोक्दै आएको छ ।
रासस

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.