www.tandavnews.com
Fact ~ In search of truth

इटिकेटिङ शुरु गर्दै साझा यातायात

ललितपुर(रासस)

साझा यातायातले ‘इटिकेटिङ’ शुरु गर्न तयारी थालेको छ ।

नेपाल राष्ट्र बैंकसँगको सहकार्यमा इटिकेटिङ लागू गर्न लागिएको साझा यातायातका कामु प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले जानकारी दिनुभयो ।

Batas

इटिकेटिङ शुरु भएपछि यात्रुले भाडामा पैसाको साटो कार्डको प्रयोग गर्न सक्ने छन् । साझाका सबै बसमा उक्त नियम लागू हुने उहाँले बताउनुभयो । नियमित रुपमा यात्रा गर्ने यात्रु यो सेवाबाट बढी लाभान्वित हुन सक्नेछन् । उहाँले भन्नुभयो, “कर्मचारी, विद्यार्थीलगायतलाई यो सेवाले अझै सजिलो हुनेछ ।”

साझा यातायातले दुई वर्ष पहिले नै नेपाल बैंक लिमिटेड र नेपाल टेलिकमसँग सम्झौता गरेको थियो । गत वर्ष परीक्षणका रुपमा केही बसमा लागू भएको थियो । पाण्डेय भन्नुहुन्छ, “सबै बसमा लागू हुँदा नै यो सेवा अझै प्रभावकारी बन्न सक्छ ।” केही रुटमा मात्रै र थोरै बसमा यो सेवा लागू हुँदा भने यात्रुले प्रयोग गर्न नचाहने उहाँ बताउनुहुन्छ ।

साझा यातायातको अहिले काठमाडौँ उपत्यकामा ४४ वटा र उपत्यका बाहिर दुईवटा बस सञ्चालनमा छ । उनन्तीस वटा बस थप गर्ने साझा यातायातले तयारी गरेको छ । साझामा ९७ प्रतिशत सरकारी लगानीमा सञ्चालित छ ।
–––

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.