पोखरा ।
पोखरा लेखनाथ महानगरपालीका वडा नम्वर २४ कास्कीकोटमा महिलाहरुको पाठेघर सम्वन्धी शिवीर समपन्न भएको छ ।
पोखरा लेखनाथ महानगरपालिका वडा नं २४ ले आयोजना गरेको सो शिविरलाई नेपाल अर्बुद रोग निवारण संस्था कास्की र पोखरा क्यान्सर केयर सेण्टरले प्राविधिक सहयोग गरेका थिए ।
शिविरमा ल्याब टेष्ट गर्नुको साथै क्यान्सर रोग सम्वन्धी सचेतना मूलक कार्यक्रम गरिएको थियो। शिविरमा २ सय ५०जनाको स्वास्थ्य परीक्षण गरीएको थियो । शिविरमा महिलाहरुमा पाठेघर र आङ्ख खस्ने समस्या बढि देखिएको थियो ।
बरिष्ठ चिकित्सक डा. कालु शर्मा सुवेदीले क्यान्सर सम्वन्धी जानकारी दिएर शिविर उद्घाटन गरेका थिए। कार्यक्रममा उनले स्वास्थ्यका बारेमा स्वयंले ध्यान दिनुपर्नेमा जोडदिदै समयमा नै उपचार गरे क्यान्सर रोग निको हुनेभन्दै समयमा उपचार गर्न आग्रर्ह गरे ।
पोखरा लेखनाथ महानगरपालिका वडा नं २४ का वडा अध्क्षय ओम प्रसादसुवेदीले वडामा स्वास्थ्य सम्वन्धी कार्यक्रमलाई प्रथामीकता दिने वताएका थिए । शिविरलाई एनआरएन महिला फोरम पोर्चुगल र नेपाली नारी समाज पोर्चुगलले सहयोग गरेको हो । उतm कार्यक्रममा ११५ जनाको ल्याव टेष्ट गरीएको कार्यक्रम संयोजक सरस्वती अधिकारी ‘सरु’ ले जानकारी दिईन्।
नेपाल अर्बुद रोग निवारण संस्था कास्कीकी सदस्य समेत रहेकी कार्यक्रम संयोजक अधिकारीले क्यान्सर सम्वन्धी जनचेतना मूलक कार्यक्रमलाई जनस्तरसम्म लगिएको बताईन्।
कार्यक्रममा नेपाल अर्बुद रोग निवारण संस्था कास्कीका उपसभापति प्रेम भुजेल र पोखरा क्यान्सर केयर सेण्टरका प्रवन्ध निर्देशक उत्तम चालिसेले बोलेका थिए । कार्यक्रममा कार्यपालिका सदस्य सन्तु सुवेदीले स्वागत र वडा सदस्य अग्नीधर त्रिपाठीले संचालन गरेका थिए ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.