पोखरा
पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १५ गलेश्वरचोकमा रहेको वेलनन एकेडेमी माध्यमिक विद्यालयले राष्ट्रिय आविस्कार केन्द्रका संस्थापक अध्यक्ष महावीर पुनलाई सम्मान गरेको छ ।
विद्यालयको १०औ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा पोखरा लेखनाथ महानगरपालिका शिक्षा विभाग प्रमुख केदारनाथ आचार्य, विद्यालयका सञ्चालक समितिका अध्यक्ष ललितबहादुर कुँवर, निर्देशक शान्तबहादुर गुरुङले दोशल्ला ओढाएर सम्मान गरेका थिए ।

कार्यक्रममा विद्यालयको तर्फबाट राष्ट्रिय अविस्कार केन्द्रलाई २५ हजार५सय५५ रुपैयाँ सहयोग समेत गरिएको थियो ।
कार्यक्रममा पत्रकार सुस्मा पौडेल, विद्यालय व्यवस्थापन समितिका सदस्य तोरणबहादुर बानिया, प्राचार्य आनन्दराज अधिकारी,शिक्षक अभिभावक संघका अध्यक्ष दिलकाजी भुजेल लगायतले मन्तव्य राखेका थिए ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.