
पोखरा
ताण्डव संवाददाता
पोखराको मुटु पृथ्वीचोकमा आज आईबारदेखि पोखरा सस्तो बजार पूर्ण रुपमा संचालनमा आएको छ ।
सूर्य दिल ग्रुप इन्भेष्टमेन्ट कम्पनी प्रा.लि.को लगानीमा चार सय वटा व्यापारिक स्टलहरु सहितको बजार संचालनमा ल्याइएको हो ।

मार्केटमा होलसेल तथा खुद्रा पसल, डिपार्टमेन्टल स्टोर्स, खाद्यान्न, लत्ताकपडा, रेष्टुरेन्ट, इम्पोरियम, ब्यूटि पार्लर, सैलुन, भाँडाकुडा, क्याफे, थकाली किचन, स्पोर्ट सेन्टर, फलफूल, तरकारी, मोबाइल तथा इलेक्ट्रोनिक्समाउपभोक्ताले एकैसाथ किनमेल गर्न सकिने कम्पनीका संचालक युवराज खतिवडाले जानकारी दिए ।

चार सय स्टलहरुबाट संचालनमा आएको उक्त मार्केटकको भुई तलाको ७५ प्रतिशत स्टल बुकिङ भैसकेको छ । पहिलो तलामा रहेका स्टलहरु मध्येमा २५ प्रतिशत बुकिङ भैसकेको जनाईएको छ ।
मार्केटमा आउने ग्राहकको सुविधालाई मध्यनजर गर्दै प्रशस्त पार्किङ, निशुल्क वाईफाईको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
व्यवसायीहरुको व्यवसायलाई सम्भावित जोखिमबाट पूर्ण सुरक्षाको प्रत्याभूति गराउने उद्देश्यले कम्पनीले बिमाको प्रबन्ध गरिसकेको बताएको छ ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।