www.tandavnews.com
Fact ~ In search of truth

महानगरपालिकाकै बजेटमा फिर्के खोला अतिक्रमण

पोखरा
ताण्डव संवाददाता ।

पोखरा महानगरपालिकाले छुट्टाएको बजेटको दुरुपयोग गर्दै फिर्के खोला अतिक्रमण गरेको पाइएको छ ।

महानगरपालिकाले ध्यान नदिँदा सोपाल तमु समाजले खोला संरक्षण गर्ने नाममा उल्टो अतिक्रमण गरेको भन्दै राष्ट्रिय सम्पदा संरक्षण समिति नेपालका अध्यक्ष रामबहादुर पौडेलले अख्तियार दूरुपयोग अनुसन्धान कार्यालयमा मौखिक उजुरी दिएको बताए ।

Batas

‘फिर्के खोलामाथी पुल र नदी संरक्षण गर्ने भन्दै महानगरपालिकाबाट बजेट मागेर उल्टो सोपाल तमु समाजले खोलामै पिल्लर हालेर पर्खाल निमार्ण गर्दै छ,’ उनले भने, ‘पोखरा–५ र ८ जोड्ने पुल संरक्षण गर्न मागेको बजेटको चरम दुरुपयोग भएको छ ।’

प्राकृतिक सम्पदाको संरक्षण गर्नुपर्ने सबै नागरिकको दायित्व रहेको उनले बताए । ‘समाज घर र महानगरले नै प्राकृतिक सम्पदाको संरक्षण गर्नु पर्नेमा उल्टो काम गर्ने,’ उनले भने, ‘महानगरले ध्यान नदिँदा प्राकृति सम्पदाको दोहन भएको छ, त्यहीं भएर महानगर विरुद्ध पनि अख्तियारमा आवाज उठाएका छौं ।’

पोखरा महानगरपालिकाले पुल र फिर्के खोलाको संरक्षणको लागि ८ लाख १९ हजार ३ सय २१ रुपैया बजेट छुट्याएको हो । पुल र खोला संरक्षणको लागि बजेट छुट्याएको महानगरपालिकाका इन्जिनियर सुरेन्द्र पौडेलले बताए ।

‘जुन कुरालाई बजेट छुट्इएको हो त्यो अनुसार काम भएको छैन भन्ने गुनासो आएको छ,’ उनले भने, ‘हामीले भने अनुसारको काम भएन भने बजेट निकास हुँदैन ।’

यो विषय विवादमा आएको हुनाले महानगरपलिकाबाट अनुगमन टोली जाने पौडेलले बताए । विशेष गरी वडा नम्बर २, ४, ५, ६, ७, ८, र १७ हँुदै बग्ने फिर्केखोला संघसंस्था र व्यक्तिहरुले अतिक्रमण गरेको पाइएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.