पोखरा ।
कास्की, लमजुङ र तनहुँको ऐतिहासिक संगम स्थल प्युरीदोभानमा फागुन १८ र १९ गते फागुपूर्णिमा मेला आयोजना गरिने भएको छ । स्थानीय व्राईट फ््युचर युवा क्लव पुतली वजार नगरपालिका–६ टक्सारले फागुपूर्णिमामा मेला आयोजना गर्न लागेको यो सातौ संस्करण हो ।
मेलाबाट आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास आयोजकले लिएको छ । मेलामा होली खेल्नुका साथै दर्शकको मनोरञ्जनका लागी राष्ट्रिय स्तरका ख्यातीप्राप्त कलाकारको प्रस्तुति रहनेछ ।

सो अवसरमा, कृषि सामाग्रीको प्रदर्शनी, लाखे नाच, ठाडो भाकाका गीत, वडा स्तरीय भलिवल प्रतियोगिता, छेलो फाल्ने, सय मिटरको महिला दौड लगायतका प्रतियोगिता समेत समावेस गरिएको मेलाको साँस्कृतिक उपसमितिका संयोजक विमल गुरुङले वताए ।
मेलावाट स्थानीय कृषि उत्पादनको वेचविखन तथा प्रवर्दन हुनुका साथै पर्यटन प्रवर्दनमा समेत टेवा पुग्ने मेला आयोजक समितिका संयोजक राजकुमार खत्रीले बताए । मेलालाई सफल बनाउन अतिथि सत्कार, आर्थिक, साँस्कृतीक, मञ्च व्यवस्थापन लगाएतका विभिन्न आठवटा उपसमितिहरु समेत गठन गरिएको क्लवका अध्यक्ष विनोद गुरुङले जानकारी दिए ।
दुई दिनसम्म चल्ने उक्त मेलाको प्रदेश नं ४ का आन्तरिक मामिला तथा कानुन मन्त्री हरिवहादुर चुमानले उद्घाटन गर्ने छन् । मेला सम्पन्न गर्न सात लाख ७६ हजार रुपयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
प्युरीदोभान बाईसे चौबिसे राजाका पालाका भग्नावशेष समेत त्यहाँ देख्न पाईन्छ । तत्कालीन राजा मानदेवले त्यहींबाट आफ्नो शासन चलाउँदथे । राजा मानदेवको पालाको भग्नावशेस सैन्य भवनले त्यस क्षेत्रको ऐतिहासिक महत्व अझ वढी दर्शाउदै आएको किंवदन्तीमा छ ।
प्राचिन कालदेखी नै फागु पुर्णिमाको भोलीपल्टवाट होलीदेवीको पूजागरी सार्वजनीक मेला लाग्ने प्रचलन रहेको स्थानीयबासी वताउँछन् ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.