www.tandavnews.com
Fact ~ In search of truth

पर्यटकको बसाई लम्ब्याउन नयाँ पदयात्राको खोजी

पोखरा,

पदयात्राका लागि आउने पर्यटकको बसाइ लम्ब्याउन ट्रेकिङ एजेन्सिज एशोसिएसन नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघले नयाँ पदयात्रा मार्गको खोजी गरेको छ ।

फेवाताल मुहान पामे, चापाकोट, घडेरी, पलैँचे र भुम्दीकोटसम्म करिब ८ किमी पदयात्रामार्गलाई विकास गरी पर्यटकको बसाइ लम्ब्याउन लागिपरेको हो । यहाँबाट फेवाताल र हिमश्रृंखला अवलोकन, प्याराग्लाइडिङ गर्दै ग्रामीण रहनसहनमा पर्यटक रमाउन सक्छन् ।

Batas

नेपालमा आउने विदेशी पर्यटकमध्ये ७० प्रतिशत पर्यटक पदयात्राका लागि आउने गरेको भए पनि पदयात्रामार्गमा मोटरेबल बाटो पुगेपछि पदयात्रा मार्ग संकटमा पर्न थालेका छन् ।

छोटो समय लिएर घुम्न आउने र पदयात्रा गर्न चाहने पर्यटकको दुई दिन एक रातको पदयात्रा अविष्मरणीय हुने पश्चिमाञ्चल क्षेत्रीय संघ टानका अध्यक्ष दीपक अधिकारीले बताए । यसलाई हाइकिङको रुपमा विकास गर्न सकिने उनले सुनाए ।

पोखरा पर्यटन परिषदका अध्यक्ष केदार शर्माले पामे, चापाकोट,घडेरी,पलैँचे र भुम्दीकोटसम्म करिब ५ घण्टासम्मको यात्रामा नेपाली संस्कृति, ग्रामीण भेषभुषा र गाउँले जनजीवनसँगै कृषि क्षेत्रमा सहभागी हुन सक्ने बताए ।

पर्यटन बोर्ड पोखराका प्रमुख सूर्य थपलियाले पदयात्रीको संख्या बर्षेनी बढ्दै गए पनि उनीहरुको बसाइ लम्बाउन पदमार्ग सफल हुने बताए ।

पोखरामा विमानस्थल निर्माणपछि पर्यटकको आगमन अझै वृद्धि हुनेछ त्यसलाई व्यवस्थापन गर्न पनि यो यात्रा महत्वपूर्ण बन्ने उनको धारणा छ ।

यो पदयात्रा फेवाताल पुछार ड्यामसाइडबाट सुरु भइ फेवाताल सिरान पामेसम्म पनि पुग्न सकिने टानका महासचिव सुशील पौडेलले बताए । पदयात्रीलाई रात बिताउनका लागि नजिकका होम स्टे उपयुक्त हुने जनाइएको छ ।

यस क्षेत्रबाट पर्यटकले हिमाल, ताल, पोखरा बजार नजिकैबाट अवलोकन गरी नेपाली ग्रामीण शैलीको संस्कृतिमा रमाउन सक्नेछन् । टे«किङ रुट जोगाइराख्न सरकारबाट खासै पहल नभएको भन्दै पर्यटन व्यवसायी नै पहिचान भएका रुट जोगाउन र नयाँको पहिचान गर्न लागि परेका हुन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.