www.tandavnews.com
Fact ~ In search of truth

राष्ट्रिय स्वतन्त्र पार्टी घोषणासँगै ‘घण्टा’ बजाएर आयोग लागे लामिछाने

काठमाडौँ ।

सञ्चारकर्मबाट दर्शक स्रोतामाझ चर्चित भएका रबि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गरेका छन् । आज काठमाडौँमा एक समारोहकाबिच लामिछानेले पार्टीको नाम घोषणा गरे ।

राजनीतिमा आउने चर्चासँगै केहि दिनअघि उनले कार्यरत टेलिभिजनबाट राजीनामा दिएका थिए । स्वतन्त्र नै उठ्ने कि पार्टीबाट ? भन्ने बहस चलिरहँदा उनले आज पार्टीको नाम उद्घोष गरेका हुन् ।

Batas

देशभरबाट समानुपातिक मत पनि संकलन गर्नुपर्ने भएका पार्टी गठन गरिएको उनको भनाई छ । पार्टी घोषणा लगत्तै लामिछाने समर्थकहरुसिहत प्रस्तावित चुनाव चिन्ह ‘घण्टा’ तीन पटक बजाएर निर्वाचन आयोग तर्फ लागेका छन् ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.