www.tandavnews.com
Fact ~ In search of truth

बिगको ‘महा–आजिजा’ लाई कालीगण्डकी अक्सिजन ग्याँसको साथ

पोखरा ।

पोखराको बिग एफएमले महान पर्व बडादशैँको अवसर पारेर यस वर्ष पनि रेडियो गेम शो ‘महा आजिजा’ गर्ने भएको छ ।

‘पैसाको खेल रेडियोमा’ भन्ने थिममा खेलाईने रेडियो गेम शो असोज २४ गते घटस्थापनादेखि असोज २९ गतेसम्म चल्ने एफएमले जनाएको छ । यो पटकको ‘महा आजिजा’ लाई कालिगण्डकी अक्सिजन ग्याँस प्रालिले मुख्य प्रायोजन गरेको छ ।

Batas

रेडियो गेम शो ‘महा–आजिजा’ अन्तरगत सहभागी हुने स्रोताहरुले हरेक दिन पैसा जित्ने मौका पाउनेछन् । ‘सहभागीहरुले २० हजार सम्म जित्न सक्छन् ।’

कार्यक्रमको बारेमा प्रस्ट्याउँदै बिग एफएमका प्रोग्राम चिफ शंकर तिवारीले भने–‘सहभागीहरुलाई ६ दिनसम्म विभिन्न चरण गरेर खेलाईनेछ ।’ प्रतियोगितामा सहभागी हुनका लागी श्रोताहरुले एसएमएस मार्फत नाम दर्ता गर्नुपर्ने कार्यक्रम संयोजक तिवारीले जानकारी दिए ।

गेम शोमा सहभागिताको लागि स्रोताहरुले मोबाइलको म्यासेज बक्समा गई बिआईजी स्पेश एफएम स्पेश आफ्नो नाम ठेगाना लेखेर ४३२१ मा पठाउनु पर्नेछ । गेम शो मा सहभागिताको लागी जुनसुकै बेलामा पनि एसएमएस पठाउन सकिने एफएमले जनाएको छ ।

खेलमा सहभागिता जनाउने श्रोताहरुलाई विभिन्न प्रश्नहरु सोधिनेछ र सहभागीहरुले सोधिएका प्रश्नको सहि उत्तर दिएको खण्डमा क्रमशः पैसा जित्दै जानेछन् । ‘श्रोताहरुको बौद्धिक विकास गराउने हाम्रो लक्ष्य हो । त्यसैले आफ्नो आईक्यू टेस्ट गर्न चाहने र बिग एफएमसंगै दशैँ मनाउन चाहने श्रोता तथा शुभेच्छुकहरुले सहभागिता जनाउन सक्नुहुनेछ ।’ तिवारीले भने ।

६ दिनसम्म चल्ने रेडियो गेम शो ‘महा–आजिजा’ हरेक साँझ ७ बजेदेखि ९ बजेसम्म स्रोताहरुले सुन्न र खेल्न सक्नेछन् । रेडियोले नयाँ वर्षदेखि भ्यालेण्टाइन डे होस् वा तीज दशैं तिहार होस् । यस्ता इभेण्टमा बर्षौंदेखि निरन्तर रेडियो गेम शो आयोजना गर्दै आएको छ ।

यसैबीच, यस कार्यक्रममा प्रमुख प्रायोजकका रुपमा कालिगण्डकी अक्सिजन ग्याँस प्रालि जोडिएको छ । प्रालिका कार्यकारी निर्देशक माधव बस्ताकोटी र एफएमका मार्केटिङ म्यानेजर अनिशा नेपाली बीच सो सम्झौतामा हस्ताक्षर भयो ।

कार्यकारी निर्देशक बस्ताकोटीले बिग एफएमसँगको सहकार्य निरन्तर रहेको जानकारी गराउँदै ठूलो इभेण्टमा जोडिन पाउँदा खुशी लागेको प्रतिक्रिया दिए । यस सहकार्यले हाम्रो कम्पनीको प्रवद्र्धनका साथै श्रोतासँग समेत चाडपर्वमा प्रत्यक्ष जोडिने मौका मिलेको छ ।’ बस्ताकोटीले भने ।

पोखरा औद्योगिक क्षेत्रमा प्रधान कार्यालय रहेको प्रा.लि.को डिपो नयाँबजार प्रदर्शनी केन्द्र गेट नजिकै रहेको छ । आइएसओ ९००१ः२०१५ प्रमाणित यस प्रालिमा मेडिकल एवं औद्योगिक ग्याँसका अतिरिक्त आर्गन, कार्बनडाइअक्साइड, डीए ग्याँस, नाइट्रोजन, एमोनिया र नाइट्रोस अक्साइड ग्याँस समेत उपलब्ध छ ।

९९ प्रतिशत भन्दा माथिको शुद्धता र फुल फ्रेशर सिलिण्डर, चौबिसै घण्टा सेवा एवं डेलिभरीको व्यवस्था रहेको छ । गण्डकी धौलागिरीका विभिन्न शहर गोरखा बजार, आँबुखैरेनी, बेशीशहर, दमौली, डुम्रे, खैरेनी, कुश्मा, बाग्लुङ र स्याङ्जामा समेत डिपो रहेको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.