www.tandavnews.com
Fact ~ In search of truth

‘जेसीज सप्ताह २०२३’ बैशाख १८ देखि सुरु हुने, के-के छन् सप्ताहव्यापी कार्यक्रम ?

पोखरा ।

‘जेसीज सप्ताह २०२३’ यहि १८ गतेदेखि सुरु हुने भएको छ । सामाजिक क्षेत्रमा अग्रसर रहेको पोखरा जेसीजले “परिर्वतनको लागि प्रशिक्षीत नेता” भन्ने उद्धेश्यका साथ ७ फरक फरक प्रकृतिका कार्यक्रमहरु तय गरेको छ ।

सकरात्मक सोचको विकास सँगै १८ वर्षदेखि ४० वर्षसम्मका युवाहरुमा अन्तर्निहित प्रतिभा प्रस्फुटनको अवसर दिलाई सामाजिक उत्तरदायित्वको भावना बोध गराउदै सप्ताहब्यापी कार्यक्रम तय गरेको हो ।

Batas

सप्ताहव्यापी कार्यक्रम अन्र्तगत पहिलो दिन बैशाख १८ गते साेमबार पोखरा सभागृहमा जेसीज सप्ताह समुद्घाटन तथा संसदीय बैठक प्रणाली तालिम हुनेछ । जसको उद्देश्य नागरिकसँग प्रत्यक्ष सम्र्पकमा रहने जनप्रतिनिधिलाई संसदीय बैठक प्रणाली बारे सुसुचित गर्ने रहेको छ ।

नेपाल पर्यटन बोर्डको सभाहल ड्यामसाइडमा हुने दोस्रो दिन बैशाख १९ गते मंगलबारको कार्यक्रममा १० जोड २ उत्र्तिण गरेका किशोर वस्थाका विद्यार्थीलाई सतमार्ग पहिचान तथा शैक्षिक मनोपरामर्श प्रदान गरिने छ । त्यस्तै उक्त स्थानमा नै तेस्रो दिन बैशाख २० गते बुधबार उद्यमी तथा ब्यवसायीका वर्तमान अवस्था, चुनैती र अवसर विषयक गोष्ठी हुनेछ । जसको उद्देश्य युवा उद्यमी तथा ब्यावसायीलाई उध्यमशिलता तर्फ आकर्षित गर्न सहयोग मिल्नेछ ।

चौथो दिन बैशाख २१ गते मादी गाउँपालिका वडा नं. ९ मा हुने कार्यक्रममा वडामा रहेका सामुदायीक विद्यालयमा अध्ययनरत आधारभूत तहका विद्यार्थीहरुलाई खेलकुद तथा शैक्षिक सामाग्री वितरण गरिने छ ।

सप्ताहव्यापी कार्यक्रम अन्र्तगत पाँचौ दिन बैशाख २२ गते पोखरा जेसीजको सचिवालमा बृहत रक्तदान कार्यक्रम तय गरिएको छ । स्वस्थ्य जीवनकोलागि समाजमा स्वास्थ्य सम्बन्धि सचेतना जगाउने उद्देश्यले छैटौँ दिन बैशाख २३ गते मादी गाउँपालिकाका वडा नं. ३,४ र ५ का बासिन्दालाई लक्षित गरि निःशुल्क स्वास्थ्य तथा दन्त शिविर हुनेछ ।

सप्ताहव्यापी कार्यक्रमको सामापनको दिन बैशाख २४ गते जेसीजको सचिवालय रानिपौवामा गण्डकी युवा वक्ता कार्यक्रम हुनेछ ।

पोखरा जेसीजका अध्यक्ष गणेश गिरीका अनुसार सप्ताहब्यापी कार्यक्रममा रु ५ लाख ७० हजार बराबरको खर्च हुने र सोही बराबरको रकम आम्दानी हुने अनुमान गरिएको छ ।

पोखरा महानगरपालिका, मादी गाउँपालिका, नेपाल पर्यटन बोर्ड र रक्तसञ्चार केन्द्र पोखराको सहकार्य रहेको सप्ताहव्यापी कार्यक्रममा मुख्य प्रायोजकको रुपमा पाेकाेम्याट एजुकेसन नेटवर्क प्रा.लि रहेको छ भने सह–प्रायोजकमा नविल बैंक लि र निफोर्ड एकेडेमी रहेका छन् ।

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.