www.tandavnews.com
Fact ~ In search of truth

नेपाली क्रिकेट: पूर्वाधार बिनाको जितमा कतिन्जेल गौरव गर्ने ?

विजय गिरी

नेपाली क्रिकेटको इतिहास हेर्ने हो भने सन् १९२० बाट क्रिकेट खेल्न सुरु गरिएको हो । तत्कालिन समयमा बेलायतबाट पढेर फर्कने क्रममा राणाहरुले नेपालमा क्रिकेट खेल भित्र्याएको दृष्टान्त भेटाउन सकिन्छ । त्यो समयमा राणहरुले मात्र क्रिकेट खेल्ने गर्दथें । सन् १९५१ मा राणशासनको अन्त्य भएपछि नेपालमा आम सर्वसाधारणको पहुँचमा पुग्दै गए पछि क्रिकेटले विकासको फड्को मार्दै गयो ।

यससँगै सन् १९८८ मा नेपालले एफिलियट क्रिकेटको सदस्य हुने अवसर पायो । खेल खेल्दै जाँदा सन् १९९६ मा नेपालले एसोसियट क्रिकेट राष्ट्रमा पनि समाहित भयो । उक्त मान्यता पाएसँगै नेपालले आइसिसी ट्रफी, इन्टरकन्टिनेन्टल कप विश्वकप छनोटजस्ता खेलहरु खेल्ने अवसर प्राप्त गर्यो । खेलहरु खेल्दै गर्दा सन् २०१४ मा नेपाली क्रिकेटले अर्को मोड लियो सन् २०१४ को टि–२० विश्वकप छनोट प्रतियोगितामा तेस्रो हुँदै नेपालले पहिलो पटक विश्वकपको यात्रा तय गरेको हो ।

Batas

म भुल्न सक्दिँन त्यो समय जहाँ सारा विश्ले नेपाल नेपाल भनेर चिच्याएको आवाज मैदानमा गुन्जिएको थियो । त्यो आवाज र विश्वकप जस्तो ठूलो खेलमा नेपालको राष्ट्रिय गीत पहिलो पटक सुन्दा मेरा आँखा अनायसै रसाएको पत्तै पाएनछु ।

ज्यान पनि सिरिङ्ग भईरहेको थियो । कताकता यो सपना त होइन भन्ने पनि लागेको थियो । हङकङ र अफगानस्तानसँगको त्यो उत्साहपूर्ण जित र बंगलादेशसँगको सम्मानजनक हार पछि नेपाली टोली नेट रनरेटको आधारमा विश्वकपको दोस्रो चरणमा पुग्न असफल भएको थियो । तर नेपाली टिमको खेलप्रतिको रुचि र आत्मविश्वास सो समयमा छर्लङ्ग भयो ।

प्रतियोगिताबाट स्वदेश फर्किएपछि पारस खड्काको लाइभ अन्तर्वार्ता अझैं पनि मनसपटलमा गुन्जिरहन्छ । भन्नुभयो,

‘हाम्रो क्रिकेट पनि क्यानडा र केन्याको क्रिकेटजस्तो नहोस् ।’
विश्वकप खेलेर सेमिफाइनल खेलेको केन्याको क्रिकेट स्तर घट्दो छ । हाम्रो पनि त्यस्तै स्थिति नहोस् । ‘कुनै दिन नेपालले पनि विश्वकप खेलेको थियो भन्ने सुन्न नपरोस् । हामी यसलाई निरन्तरता दिन चाहन्छौं । नेपाली क्रिकेट टिम पनि

विश्वकप खेल्छ भन्ने हुनुपर्छ र यसका लागि हामी खेलाडीको तर्फबाट सक्दो प्रयास गर्दछौं । अब नेपाली क्रिकेटलाई माथिल्लो स्तरमा लैजानका निमित्त हामीलाई सरकारले भौतिक पूर्वाधार र स्टेडियमको उपलब्ध गराउनु पर्दछ ।’
आजको समयमा पारसले भनेको जस्तै भएको छ । कुन स्थितीबाट गुज्रिएर नेपाली क्रिकेट खेल यो अवस्थासम्म आईपुगेको देख्दा म क्रिकेट प्रेमीको नाताले हर्षिछ छु ।

लाचार र भ्रष्टचारी ‘क्यान’ले गर्दा नेपाली टोलीले क्रिकेट बोर्ड बिना खेलेर धेरै सङ्घर्ष गर्नुपर्यो । तर त्यही क्यान र गैरजिम्मेवार सरकारलाई घुँडा टेकाउँदै नेपाली खेलाडीले अर्को फड्को मारेका छन् ।
क्रिकेट बोर्ड बिना नै डिभिजन टूमा दोस्रो भएर विश्वकप छनोटका लागि छनोट हुँदै नेपाल डिभिजनमा प्रवेश गरेको छ ।

नामिबियामा सङ्घर्षपूर्ण यात्रा गर्दै अन्तिम खेलमा चमत्कारी जित निकालेको नेपाली टोलीले फेरी पनि नेपाललाई क्रिकेटद्वारा विश्वसामू चिनाउने लक्ष्य लिएर अगाडि बढेको छ ।

नेपाली सोह्र वर्षे ठिटो सन्दिपले विश्वको सबैभन्दा महंगो क्रिकेट लिग आइपिएलमा छनौट भएर नेपाललाई विश्वसामू चिनाएका छन् । समाजिक सञ्जालमा थुप्रै व्यक्तिबाट बधाईका ओइरो पाएका उनले नेपाललाई अझै माथिल्लो स्तरमा चिनाउने लक्ष्य बोकेको बताउँछन् ।

यस्तै अझै कत्ति युवाहरुको प्रतिभा लुकेको होला । हाम्रो मुलुकमा यदि अझै पनि सरकारले जागृत भएन भने देशभित्र लुकेका प्रतिभाले बाटो पाउँदैन र क्रिकेट पनि हाम्रो इतिहासमै सिमित रहन्छ ।

अब नेपाली युवा पुस्तालाई स्वैरकाल्पनिक विकासका योजना नसुनाऊ सरकार । सक्छौं भने नयाँ प्रतिभालाई बाटो देखाउने घरेलु प्रतियोगिता आयोजना गरिदेऊ खेल खेल्ने खेलाडिलाई राम्रो तलब भक्ताको व्यवस्था गरिदेऊ, अन्तर्राष्ट्रिय स्तरको स्टेडियमको खाँचो त्यो बनाइदेऊ ।

पूर्वाधार विहिन अवस्थामा समेत नेपाली खेलाडीले प्रर्दशन गर्ने खेलहरु गौरवमय भईरहेको अवस्थामा पूर्वाधारयुक्त अभ्यासले निकट भविष्यमै खेल मार्फत नै देशलाई विश्व सामू चिनाउन नेपाली खेलाडी अथक प्रयत्नसील छन् । मलाई पूरा विश्वास छ । हाम्रो देश खेल र खेलाडीका नामले चिनिने छ ।

जय नेपाली क्रिकेट !

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.