www.tandavnews.com
Fact ~ In search of truth

लिटरेचर फेस्टिभलमा भाग लिन ओली पोखरा आउने

पोखरा ।
पोखरामा हुने नेपाल लिटरेचर फेस्टिभलमा पूर्वप्रधानमन्न्री केपी ओली आउने भएका छन् । बुक वर्म फाउन्डेसनले आयोजना गर्ने फेस्टिभलमा वक्ताका रुपमा ओलीको सहभागिता हुने भएका छन्। ओलीले लिटरेचर फेस्टिभल वक्ताका रुपमा सहभागी हुने पक्का गरेको फेस्टिभल निर्देशक नीरज भारीले जानकारी दिए ।

भारीका अनुसार ओलीसँग फेस्टिभलमा गैरराजनीतिक विषयमा कुराकानी हुनेछ । अन्नपूर्ण पोस्टका प्रधान सम्पादक अखण्ड भण्डारीले ओलीसँग जीवन र जगत तथा प्रेम लगायत विषयमा कुराकानी गर्नेछन् ।

लिटरेचर फेस्टिभलको १० औं संस्करण पोखरा लेकसाइडको बाराही घाट नजिक फेवाताल किनारमा आउँदो पुस ६ गतेदेखि १० गतेसम्म हुने भएको छ ।

Batas

फेस्टिभलका निर्देशक भारीले ओलीलाई निम्तो गरेको फेसबुकमा पोस्ट गर्दै लेखेका छन् -नेपाल लिटरेचर फेस्टिभलको दशौँ संस्करणका वक्ताहरूलाई निम्तो दिने क्रममा सम्माननीय पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीज्यूलाई मैले भेटें । उहाँले मसँग, तपाईंको कार्यक्रममा १५ मिनेटअघि नै आउँछु भन्नुभयो ।’

 

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.