www.tandavnews.com
Fact ~ In search of truth

कास्कीका निपेशले वल्र्ड रेकर्ड ब्रेक गरे

ईश्वर देवकोटा
पोखरा, २९ माघ

कास्की माछापुच्छे गाउँपालिका–६ निवासी निपेश ढाकाले गिनीज वल्र्ड रेकर्डमा नाम दर्ता गराउन सफल भएका छन् । गिनीज वल्र्ड रेकर्डको आधिकारिक वेभसाइटमा फेबु्रअरी १, २०१८ मा ‘मिलानकोली’ एल्बमलाई ‘मोस्ट भोकल सोलोज इन अ सङ रेकर्डिङ’ शीर्षकमा अद्यावधिक गरिएको छ । राष्ट्रकवि माधवप्रसाद घिमिरेसँगै ३६५ कलाकारहरुले गाएको वातावरण सम्बन्धी गीत ‘मिलानकोली’ गिनीजवल्र्ड रेकर्डमा दर्ता भएको हो ।

‘जोगाऔं माटो, जल, जमिन, जङ्गल
यहीहो हाम्रो धननयाँ नेपालको संकल्प ।’

Batas

सन्देश सहितको निपेश ढाकाको शब्द र संगीत रहेको उक्तगीतले गिनीजवल्र्ड बुकमा नयाँ रेकर्ड दर्ता गरेसँगै संगीत क्षेत्रमा समेत नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ । ढाका भन्छन् ‘नेपाली गीत संगीतले विश्वमाझ स्थान पाउनु हामी सम्पूर्ण नेपालीहरुको लागि गौरवको कुरा हो ।’

एउटै गीतमा ३६५ जना गायक गायिकाहरूले स्वरांकन गरेको पहिलो गीत भएको र अहिलेसम्म विश्वमा कसैले पनि यो प्रयास नगरिएकोले यो गीत गिनिज बुक अफ द वल्र्ड रेकर्डमा सफल भएको ढाका बताउँछन् ।

उनी हरियाली र स्वच्छ वातावरण अभियानमा एक्लो अभियन्ताका रुपमा निरन्तर लागि परेका छन् ।

जर्मनीमा अध्ययन पछि स्वदेशमै केही गरु भन्ने उद्देश्यले फर्किएका ढाका पर्यावरण बचाउने अभियानमा लागेका हुन् । उनले यसअघि त्रिभुवनविश्वविद्यालय परिसरमा फालिएका फोहोर संकलन गरी सबैमा वातावरण बचाउने सन्देश दिन सफल भएका छन् ।

अहिले धेरै कलाकारहरुको आवाजमा गीत गाएर विश्वमै नयाँ सन्देश सम्प्रेषण गर्न लागि परिरहेका छन् । यसै क्रममा उनको यो गीत गिनीज वल्र्ड रेकर्डमा दर्ता भएको हो ।

दर्ता भएसँगै ‘मिलानकोली’का अभियन्ता निपेश ढाकालाई सामाजिक संजालमा बधाई तथा शुभकामनाको ओइरो लागिरहेको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.