www.tandavnews.com
Fact ~ In search of truth

महाशिवरात्री : बेलपत्र चढाउनाले सांसारिक सुखभोग प्राप्त हुन्छ

ज्योतिष पण्डित कमलपौडेल शास्त्री
पोखरा, १ फाल्गुन ।

महाशिवरात्रीपर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज नेपाललगायतहिन्दूधर्मालम्बी रहेका हरेक ठाऊँमा मनाइँदैछ । फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि हिन्दुहरूको एक प्रमुख चाड हो । यो भगवान शिवको प्रमुख पर्व हो ।

सृष्टिको प्रारम्भमा यसै दिन मध्यरात्रिकालमा भगवान् शंकर ब्रह्माबाट रुद्रका रूपमा अवतरण भएको मानिन्छ । प्रलय कालमा यसै दिन प्रदोषको समयमा भगवानशिव ताण्डव गर्दै ब्रह्माण्डलाई तेस्रो नेत्रको ज्वालाबाट समाप्त गर्दछन् । यसैकारण यस पर्वलाई महाशिवरात्रि अथवा कालरात्रि भनिन्छ ।

Batas

उनको रूप बडो विचित्रको छ । शरिरमा मसानको भस्म, गलामा सर्पहरूको हार, कण्ठमा विष, जटाहरूमा जगत तारिणी पावन गङ्गातथा मस्तकमा प्रलयङ्कर ज्वाला छ । साँढेलाई वाहनको रूपमा स्वीकार गर्ने शिव अमङ्गल रूपमा रहेर पनि भक्तहरूलाई मंगल प्रदान गर्दछन र श्री संपत्तिका दात मानिन्छन् ।

शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि मोहरात्रि सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये शिवरात्रीलाई एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित गरिएको छ । यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमाधर्मको उदय गराउने आशुतोष भगवान् शिवको अतिप्यारो दिनका रूपमा पनि लिइने गरिन्छ । व्रतोत्सवर मध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनहरूले शुद्ध भई शिवमन्दिरमापूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध धतुरो र बेलपत्र चढाउने गर्छन् ।

यस पर्वका दिन उपवास गरी‘ऊँनमःशिवाय’मन्त्रजप्ने गरेमा सर्व सिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ । निर्जल व्रत, रात्रिजागरण,  चार प्रहरको पूजा, शिवलिंगमा दुग्धाभिषेक र शिवमहिमा कीर्तन शिवरात्रीको पूजा अर्चनाका मुख्य अङ्ग मानिन्छन् । शिवरात्री पर्वलाई पर्वको राजा भनिन्छ र शिवरात्रिको पालनाले भोग र मोक्ष दुवैको प्रप्ति हुन्छ भनिन्छ ।

शिवरात्रीमा ठूला साना मन्दिरहरूमा धुमधामसँग श्रद्धा भावना व्यक्त गर्ने परम्परा रहेको छ । शिवरात्री पूजामा व्रतकालमा भगवान शिवको ध्यान, पूजन र जप गरिन्छ, जागरण कालमा भक्तको सम्पूर्ण सत्ता जागरणबाट शिवमय बन्दछ ।

पूजन वा शिवार्चनमा इशान मूर्तिलाई दूधले स्नान गराइन्छ । अघोर मूर्तिलाई दहीले स्नान गराइन्छ, वामदेव मूर्तिलाई घिउले स्नान गराइन्छ, सद्योजात लिंगोद्भवमूर्तिलाई महले स्नान गराइन्छ । कतिपयले शिवरात्रीलाई ऋषि बोधोत्सवका रूपमा मनाउने गरेका छन् ।

राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा रहेको यो दिन आज पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्य बत्ती तथा दीपोत्सवका साथै लक्ष्य विल्लपत्र अर्पण गरिन्छ भने कैलाशकुट र किराँतेश्वर सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ ।

भगवान् श्री महादेवको दर्शन गर्न र शिवरात्रिपर्वको मेला भर्न आज देशका विभिन्न भाग लगायत छिमेकी राष्ट्र भारतका तिर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लागेको छ भने नेपालका भिन्न शिवालयमापनि तिर्थालुको घुइचो लाग्ने गर्दछ ।

पोखरा आसपासमा केदारेश्वर महादेव मन्दिर,गुप्तेश्वर महादेव,माता बिन्ध्यबासिनी, हरिहर गुफा लगायत मन्दिरमा बर्तालुको घुइचो लागेको छ ।

महाशिवरात्रीको दिन परम्परा अनुसार सबेै भक्तजनहरु सबेरै नुहाइधुवाइ गरी भगवान शिवको पूजाआराधना गर्दछन् । सकेसम्म विभिन्न पवित्र नदीहरुमा गएर पूजा गर्दछन । पबित्र नदीको जल घडामा भरेर ल्याई भगवान शिवको लिंगमा चढाउँछन् तथा भगवान बिष्णु र सूर्य को पनि पूजा आराधना गर्दछन् । हिन्दु शास्त्रअनुसार यस दिनको महत्व तथा विशेषता अत्यन्त ठूलो छ ।

यस दिन भक्तजनहरुले कसैले दूधपनि चढाउँछन । हिन्दु पुराणअनुसार महाशिवरात्रीको दिन विधिपूर्वक पूजागर्दा विभिन्न फलप्राप्त हुन्छ भनिन्छ ।

१) भगवानशिवको लिंगमा शुद्ध जल, दुध, मह, फलफूलतथा बेलको पात चढाएमा आत्मा शुद्ध तथापवित्र हुन्छ ।

२) भगवानशिवपार्वतीलाई सिन्दूर टिका चढाउनु भनेको सद्गुण बृद्धि गर्नु हो ।

३) विभिन्नप्रकारकाफलफूल चढाउनु भनेको दीर्घ आयु तथाआफ्ना इच्छा पूरा गर्नु हो ।

४) धूपबाल्नु भनेको सम्पति बृद्धि हुनु हो ।

५) दीपबाल्नाले ज्ञानको वृद्धि हुन्छ ।

६) बेलपत्र चढाउनाले सांसारिक सुखभोग प्राप्तगर्नु हुन्छ ।

शिवरात्रीको पूजा फाल्गुन कृष्ण चतुर्दशीका दिनमा स्नान गरी शुद्ध मनले निराहार बसी रातभर जागा बसेर भगवान महादेवको पूजा आराधना गरेमा सबै कार्य सिद्ध हुन्छ । भगवान शिव अत्यन्त दयालु देवता हुनुहुन्छ र उहाँ प्रसन्न भएमा आफुले इच्छाएको पूरा हुन्छ भन्ने विश्वास गरिन्छ ।

नेपालमा यसलाई जुन तरिकाले मनाएपनि विदेशमा यसलाई महत्वपूर्ण ब्रत तथा पर्वका रुपमा लिन सकिन्छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.