www.tandavnews.com
Fact ~ In search of truth

भ्यालेन्टाइन डे : रक व्याण्ड कब्वेबले लेकसाइड तताउने

पोखरा, २ फागुन

प्रणय दिवसको अवसर पारेर पोखराको लेकसाइडमा विशेष कार्यक्रम आयोजना गरिएको छ ।

प्याराडिसो स्पोर्टस् बार एण्ड ग्रिलमा नेपालको प्रसिद्ध रक व्याण्ड कब्वेबका साथ अन्य विशेष कार्यक्रमको हुनेछ ।

Batas

भ्यालेन्टाईन डे अर्थात प्रणय दिवसलाई विषेश बनाउन विशेष कार्यक्रमको आयोजना गरिएको प्याराडिसो स्पोट बार एण्ड ग्रिलका म्यानेजर हरी पौडेलले जानकारी दिए । उनका अनुसार बुधबार साँझ हुने कार्यक्रममा कपलपार्टी हुनेछ । उनले जोडी र युवतीलाई प्रबेश शुल्क नलाग्ने बताए ।

चर्चित रक कब्वेब व्याण्डले हिट रक एल्वमहरु, मसिर्डिज बेन्ज, रोलिङ स्ट्रिङ, रक एण्ड रोल, स्विङ जस्ता चर्चित एल्वमहरुका गित गाउनेछन् ।

डिजे भ्यालेन्टाईन, डिजे लभ र सधै जस्तै बारका कलाकारको विशेष प्रस्तुति रहने उनले जानकारी दिए । साँझ ७ देखि सुरु हुने पार्टी राती सम्म अबेर सम्म चल्नेछ ।

पौडेलले बारमा फन्ट, बालकुन्नी, फेवाफन्ट लगाएका ठाउँमा बसेर ‘फुड, ड्रिङ् र म्युजिक’ रमाउन पाइने बताए । उनले प्रणय दिवसको अवसरको कार्यक्रम पछि राती रियल म्याडीड र पिएसजि बिच खेल समेत देखाउने बताए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.