पोखरा नदिपुर स्थित माउन्ट अन्नपूर्णमाविद्वारा संचालित छात्र तर्फको यू–१४ ह्याण्डबल उपाधी ज्ञानज्योतीविद्या कुञ्जले प्राप्त गरेको छ ।
मंगलबार सम्पन्नफाइनल खेलमा ज्ञान ज्योतीले गण्डकी वोर्डिङलाई १८–८ गोल अन्तरले पराजितगर्दै नगद १० हजार सहितउपाधिआफ्नो पोल्टामा पारेको हो ।
फाइनल खेलमाछात्र तर्फ वेष्ट प्लेयर घोषित भएका ज्ञान ज्योतीविद्या कुञ्जका खेलाडी सन्जयपुनएक्लैले १० गोल गर्दै टिमलाई जिताएकाथिए । प्रतियोगितामा छात्र तर्फ आयोजक माउन्ट अन्नपूर्ण मावि (ए) भएको छ । तेश्रो स्थानकालागिभएको खेलमा माउन्ट अन्नपूर्णले पोखरा एकेडेमीलाई १०–४ गोलले पराजित गरेको थियो ।

छात्रा तर्फ खेलकोउपाधीभने पोखरा एकेडेमीले हातपारेको छ । उसले उपाधीकालागिआयोजक माउन्ट अन्नपूर्णलाई ५–१ गोल अन्तरले हराएको हो । एकेडेमीले नगद १० हजार हातपा¥यो ।
छात्रा तर्फ तेश्रो स्थानकालागिभएको खेलमा गण्डकी वोर्डिङले बाजीमारेको छ । गण्डकीले लिटिल स्टेप माविलाई १४–१० गोलले पराजित गरेको थियो ।प्रतियोगितामा दोस्रो र तेश्रो हुने टिमले क्रमशनगदसातहजार, पाँचहजार मेडल ट्रफी र प्रमाणपत्र प्राप्त गरेकाछन् ।
छात्र तर्फ सर्वाधिकगोल गर्ने खेलाडी माउन्ट अन्नपूर्णकाअन्जल शेरपुर्जा पुनभएका छन । उनले प्रतियोगिताअवधीभर २६ गोल गरेकाथिए । छात्रा तर्फ सर्वाधिकगोल गर्ने खेलाडी गण्डकी वोर्डिङ्गकीमोनिका क्षेत्री र वेष्ट प्लेयर पोखरा एकेडेमीकीकर्मा पुलामी घोषित भइन ।
उनीहरुलाई नगद १–१ हजारका साथमा ट्रफी प्राप्त गरे । प्रतियोगितामा छात्र तर्फको अनुशासित टिम जनप्रियमाविर छात्रा तर्फ अन्नपूर्ण मावि अर्मला घोषित भए । उनीहरुले जनहीनगद २ हजारका साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगितामा विजयी हुने टिम र खेलाडीलाई पोखरा लेखनाथमहानगरपालिकाशिक्षाविभागप्रमुख केदारराज आचार्य, योजनाप्रमुख सुरज प्राधानाङ्ग, पृथ्वीनारायण क्याम्पसका पूर्व क्याम्पस प्रमुखप्रा.डा. विरेन्द्रसिंह गुरुङ, नेपाल ह्याण्डबल संघका अध्यक्ष तेज गुरुङ, कास्की जिल्ला ह्याण्डबल संघका अध्यक्षक्या. जग गुरुङ लगायतले मेडल, ट्रफी, प्रमाणपत्र र नगद वितरण गरेकाथिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिजकाजी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रिन्सीपल सइन्द्र श्रेष्ठले मन्तव्य राखेका थिए। माघ २७गते बाट संचालित प्रतियोगितामा छात्र तर्फ १२ र छात्रा तर्फ १० गरिकुल २२ टिमको सहभागिता रहेको प्रतियोगिता संयोजक गिरीप्रसाद गुरुङले जानकारी दिए।
तस्बिरःमनिलाल गुरुङ
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.