www.tandavnews.com
Fact ~ In search of truth

‘ज्यालादारी’को नयाँ पुस्तक ‘पग्लिँदैन सगरमाथा’ सार्वजानिक

पोखरा ।

साहित्यकार भीम रानाभाट ‘ज्यालादारी’ नयाँ पुस्तकका साथ पाठकमाझ आएका छन् । उनको गीतसञ्चयन ‘पग्लिँदैन सगरमाथा’ एक कार्यक्रम बीच सार्वजनिक गरिएको हो ।

संग्रहमा ६८ गीत छन् । सुनाखरी सन्देश साहित्यिक पत्रिकाले प्रकाशन गरेको संग्रहको मूल्य १ सय ५३ रुपैयाँ छ । यसअघि ज्यालादारीका रगतका छिर्काहरु, रंग, रगत र मान्छे, यहीको हो मेरो देश र आँसुको छाल गरी ४ कृति प्रकाशित छन् ।

Batas

आफूले जीवन भोगाइका क्रममा देखेका यथार्थ, नेपाली संस्कार, संस्कृतिभित्रका विकृति र उन्नत समाज निर्माणका लागि गीतमार्फत् खबरदारी गर्ने प्रयास गरेको ज्यालादारीले बताए ।

उनले भने, ‘समतामूलक समाज, उन्नत संस्कृत र सचेत नागरिक बनाउन संगीतमार्फत् एक नागरिकको खबरदारी हो किताब ।’

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.