www.tandavnews.com
Fact ~ In search of truth

पहिलो भुजेल फिल्म ‘नि–प्हुँगाल’ निर्माणको घोषणा

पोखरा
ताण्डव संवाददाता ।

भुजेल भाषाको पहिलो चलचित्र ‘नि–प्हँुगाल’ (हामी भुजेल) को निर्माणको घोषणा गरिएको छ । फागुन ७ गते शुभमुर्हत गरिने फिल्मलाई भुजेल सेवा समितिको सक्रियतामा भकारी इभेन्ट्स प्रालिको व्यानरमा निर्माण हुन लागेको हो ।

सेवानुङ फिल्मस् प्रालिको प्रस्तुतिमा बन्न लागेको फिल्मले भुजेल जातिको पहिचान र संस्कृति संरक्षण लाग्ने उद्देश्य राखेको छ । ३५ लाख रुपैयाँमा निर्माण हुन लागेको फिल्म तनहुँको ऐतिहासिक भुजेल गाउँ आदिमुल र पोखरा कास्कीकोटमा छायांकन गरिने सोही फिल्मका निर्देशक कृष्णकुमार गुरुङले जानकारी दिए ।

Batas

‘फिल्ममा करिब २४ जना कलाकारले अभिनय गर्नेछन्,’ उनले भने, ‘२५ दिनमा फिल्म निर्माण सम्पन्न गरिनेछ ।’ फो’के फरम्याटमा छायांकन गरिने फिल्ममा भिम भुजेल, पूजा भुजेल, मिना भुजेल, रेशम भुजेल, कमल भुजेल, पृथ्वी भुजेल, सचिन भुजेल, ज्ञानु भुजेल, कोपिला भुजेल, बिमल भुजेल, बिष्णुमाया भुजेल, लालबहादुर भुजेल र सुरज भुजेलको मुख्य भुमिका रहनेछ ।

चलचित्रमा रेशम भुजेलको परिकल्पना, कमल भुजेलको कथा, प्रकाश गुरुङ कासको छायांकन, सर्वज्ञमान शाक्यको सम्पादन रहनेछ । फिल्मलाई कमलबहादुर भुजेलले निर्माण गर्दैछन् ।

चलचित्र सामाजिक परिधी भन्दा वाहिर नजाओस भन्ने उद्देश्यले भुजेल संस्कृतिविद् भाषाविदलाई क्रियासिल राखिने जनाइएको छ । तीन वटा गीत समावेश गरिने फिल्ममा विमल जिसी भुजेल, कमल भुजेल र पृथ्वी भुजेलको गीत रहेको छ । चलचित्रमा समावेश रहेका कथा सामाजिक रहेकोले कलाकार छनौटका लागि भुजेल सेवा समिति कास्कीको आयोजनामा ३ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भैसकेको निर्देशक गुरुङले बताए । निर्देशकका अनुसार फिल्ममा आवश्यकता अनुसार भुजेल भाषाको प्रयोग गरिनेछ ।

भुजेल सेवा समिति केन्द्रीय उपाध्यक्ष बुद्ध घर्तिले भुजेल चलचित्र संघ गठनसँगै निर्माणमा जुटेको बताए । ‘चलचित्रकर्मीले भोलिको पुस्ताको लागि अभिलेख राख्नुपर्छ,’ उनले भने, ‘यो पहिलो चलचित्र हो यसले इतिहास निर्माण गर्नेछ ।’ सानो पूजीबाट ठूलो आँट गरेको र अपेक्षा सफल बन्ने उनले बताए ।

उनले फिल्मबाट भुजेल एउटै हौै भनेर चिनाउने दायित्व आएको औल्याए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.