www.tandavnews.com
Fact ~ In search of truth

चाउथेमा एकै रात तिन ठाँउमा चोर पसेपछि…

पोखरा
ताण्डव संवाददाता ।

पोखरा–१४ चाउथेमा एक रातमा तीन छुटाछुटै ठाँउमा चोर पसेको छ ।

चाउथे आर एण्ड वि मोवाईल मर्मत सेन्टर, ओम शान्ति र एक कस्मेटिक पसलमा चोर पसेको वडा प्रहरी कार्यालय रामबजारका प्रमुख तथा इन्स्पेक्टर दीपक केसीले बताए ।

Batas

‘मोवाइल पसलबाट केही नयाँ मोवाइल र मर्मत गर्न राखिएको मोवाईल चोरी भएको छ,’ उनले भने, ‘अन्य दुई ठाँउबाट भने केही चोरी भएको छैन ।’

मोवाईल पसलबाट के कती चोरी भयो भन्ने अझै नखुलेको इन्स्पेक्टर केसीले बताए ।

‘कलर्स र नोकिया ब्राण्डका मोवाइल चोरी भएको भन्ने आएको छ,’ उनले भने, ‘ओम शान्तिमा भने राखिएको ६५ हजारनै प्राप्त भएको छ ।’

मोवाईल पसलबाट करिब १ लाख ३० हजार बराबरको सामान चोरी भएको स्थानीय संजय कार्कीले बताए ।

‘राती कति बेला चोरी भयो केही थाहा भएन्,’ उनले भने, ‘कस्मेटिकबाट भने घर्रामा राखेको केही रकम चोरेको रहेछ ।’

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.