www.tandavnews.com
Fact ~ In search of truth

‘यो आँखाको के भर’ मार्फत रोशनको कमब्याक

पोखरा
ईश्वर देवकोटा ।

साठीको दशकतिर ‘यो आँखाको के भर’ पोखराका सबै एफएमहरुमा गुञ्जन्थे ।

फोन–इन कार्यक्रममा स्रोताहरुको रोजाई र डेडिकेसन भरमार थियो । आधुनिक लोकपप शैलीको उक्त गीत गुन्गुनाउने युवापुस्ताको जमात अधिक थियो ।

Batas

यही गीतबाट गायक रोशन गुरुङको चर्चा राम्रै चुलियो । यही बीचमा रोशन एकाएक हङकङ तर्फ लागे । यद्यपि, उनले गीतसंगीतलाई माया मार्न सकेनन् र लामो समयको अन्तराल पछि उनै रोशन पुनः पोखरामा देखिएका छन्, जहाँबाट उनले आफ्नो सांगीतिक करिअर सुरु गरेका थिए । पुरानै गीतको रिमेक भर्सनबाट ।

‘यो आँखाको के भर’ समेटिएको एल्बम ‘नाता’का लोकप्रिय गीतलाई रिमेक गरी छायांकन समेत सकिसकेको छ । र फष्ट लुक उनले आफ्नै सामाजिक संजालको फेसबुक मार्फत गराएका छन् ।

तीस वर्षमा उक्लिरहेका उनलाई संगीतमा पुनः छाप छोड्न समय टन्नै भएको बुझाई छ । रेबल साउण्डको प्रस्तुतिमा राजनराज शिवाकोटी र हरिहर आचार्यको शब्द, राजनराज शिवाकोटीको संगीतमा तयार भएको गीतमा स्वर दिएका रोशन गायन क्षेत्रमा नयाँ उर्जा लिएर देखा परेका छन् ।

‘समयको भुँमरीमा फस्दा सांगीतिक करिअर उकालो लाग्न सकेन’ उनले भने ‘मेरो स्वर मन पराउने थुप्रै फ्यान थिए, जो अहिले पनि छन् उनीहरु माझ अब मेरो उपस्थिती अनिवार्य थियो र म फेरी आएको छु ।’  रोशनले स्वर दिएको ‘विश्वास गरेर’, लगायत नाता एल्बममा समावेश पाँच वटा गीतसँगै ‘यो आँखाको के भर’ श्रोताहरुले निकै मन पराएको गीत हो । जुन त्यसबेलाका सर्वाधिक रोजाइमा पर्ने गीत थिए ।

आफू सांगीतिक क्षेत्रमा फर्कनु साथीहरुकै हौसला र साथ हो भन्छन् । ‘मलाई सहयोग गर्ने हातहरु नभएका होइनन् असल मित्र र सहि सुझावको अभावमा मैले गायन क्षेत्रबाट उम्कनै लाग्दा उपयुक्त सुझाव पाए ।’ उनले भने, ‘म साथीहरुको हौसलाले फेरी गायन क्षेत्रमा फर्कदै छु, जस्तोसुकै चुनौती पनि सामना गर्न सक्छु भन्ने लागेको छ ।’

५ वर्षको हङकङ बसाईमा केही स्टेज प्रोग्राममा प्रस्तुति दिइसकेका रोशन नेपाल फर्के लगत्तै फुर्सदिलो समयमा गीत कोर्नमै व्यस्त रहे । अहिले केही नयाँ र पुराना गीतहरुको रिमेक गरी क्रमशः बजारमा ल्याउने तयारीमा लागिरहेका छन् । ‘समय अनुसार दर्शक तथा श्रोताहरुलाई ब्रान्डिङ दिन सक्नुपर्छ’ उनले भने अब बजारमा आउने मेरा गीतहरु सबै हाई डिफिनेशन (एचडी) क्वालिटीमा बनेका छन् ।’

लामो समयपछि फेरी गायन क्षेत्रमै रमाउन चाहेका रोशन गीत संगीतलाई बिर्सन नसकेको बताउँछन् । ‘मेरो इच्छा नै गायक बन्नु थियो’ उनले भने ‘विगतका तिता मिठा अनुभवहरुबाट पाठ सिकेर अब आउने मेरा दिनहरु संगीत कर्ममै निरन्तर लाग्नेछु ।’

अबको केही दिनमै रिलिजको तयारीमा रहेको उनको गीत ‘यो आँखाको के भर’ मा स्वयम् रोशन र नेपाली फिल्मकी अभिनेत्री सारा श्रीपालीको अभिनय रहेको छ । दर्शन रानाभाटको प्रोडक्सन र अर्जुन अधिकारीको निर्देशनमा बनेको उक्त भिडियोको सिनेमेट्रोग्राफर सरोज अधिकारी हुन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.