www.tandavnews.com
Fact ~ In search of truth

एकवर्षे यात्रामा सलल… लेकसाइडको ‘डुङ्गा’

पोखरा
ताण्डव संवाददाता ।

पोखरा लेकसाइडस्थित डुङ्गा रेष्ट्रो एण्ड लाउन्ज बारले स्थापनाको एक वर्षे यात्रा पार गरेको छ । प्रथम वार्षिकोत्सवको अवसरमा बारले विभिन्न कार्यक्रम समेत आयोजना गरेको छ ।

सामाजिक क्षेत्रमा समेत योगदान गर्ने उद्देश्य सहित सोमबार डुङ्गाले बारको प्राङ्गणमा रक्तदान कार्यक्रम समेत आयोजना गरेको थियो ।  रक्तदान कार्यक्रमबाट ६४ यूनिट रगत संकलन भएको बारका व्यवस्थापक प्रमोद बहादुर थापाले जानकारी दिए ।

Batas

स्थापनाको वार्षिक उत्सवमा बारले यही फेब्रुअरी २२, २३ र २४ गते माल्भिका सुब्बाको उपस्थितीमा  भारतीय गायक अमित पललाई स्टेज पर्फमरका रुपमा ल्याउने भएको छ ।

साँझ सात बजेदेखि तीन दिनसम्म चल्ने फष्ट एनिभर्सरी सेलेब्रेशन कार्यक्रम अवधिभर रक स्टेरियो हाँस्यकलाकार सन्दिप क्षेत्री, मुक्ति एण्ड रिभाइबल, मिलन एण्ड फ्रेण्डस्, द एक्स व्याण्ड, इन्फ्लेम व्याण्ड र डिजे उमेश मार्फत मनोरञ्जन प्रदान गर्ने भएको हो ।

डुङ्गा संचालन भएको समयदेखि हालसम्मको अवधिमा ‘बीजी बी’मा मुटुरोग सम्बन्धी समस्याबाट पीडित कार्यरत कर्मचारीलाई ५० हजार नगद प्रदान, बाराही डुङ्गा घाटमा डुङ्गा व्यवसायी र बारको सहकार्यमा ९६ कुर्सी हस्तान्तरण, तराईमा गएको बाढीमा ६० हजार सहयोग गरिसकेको जनाएको छ ।

साथै, तीनसम्म चल्ने कार्यक्रमबाट उठ्ने प्रत्येक बीलबाट एक सय रुपैयाँ संकलन गरेर धुर्मुस सुन्तली फाउन्डेशनलाई हस्तान्तरण गर्ने योजना बारका व्यवस्थापक थापाले बताए ।

पर्यटकीय क्षेत्रमा युवाहरुलाई रोजगारका निमित्त अवसर प्रदान गरी पोखरा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई स्तरीय स्वास्थ्य खानाको सेवा प्रदान गरिरहेको बारले जनाएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.