www.tandavnews.com
Fact ~ In search of truth

भाषा, संस्कृति बुझ्न नेवा सुन्दरी राजधानी प्रस्थान

पोखरा

सिजी मिस नेवाः ११३८ का प्रतिस्पर्धीहरु राजधानी प्रस्थान गरेका छन् ।

प्रतियोगितामा सहभागी २० युवतीहरु बिहीबार भ्रमणका लागि राजधानी गएका हुन् । नयाँ पुस्तालाई नेवारी भाषा, संस्कृतिबारे सजग बनाउन प्रतियोगिता आयोजना गरिएको हो ।

Batas

टोलीमा आयोजक नेवाः खल कास्कीका पाँच सदस्यसमेत सहभागी छन् । प्रतियोगिहरुलाई ललितपुरको नेवारी संग्रहालयसहित काठमाडौंका नेवारी, वस्ती, संस्कृति, भाषा, संस्कार आदिबारे जानकारी दिइने प्रतियोगिताका मूल संयोजक गजेन्द्रमान श्रेष्ठले जानकारी दिए । टोली शनिबार पोखरा फर्केने जनाइएको छ ।

प्रतियोगीलाई तालिम, सेमिनार, प्रशिक्षण, भ्रमण आदि क्रियाकलापमा संलग्न गराइएको प्रचारप्रसार संयोजक अनिशा श्रेष्ठले बताइन् । विभिन्न चरण हँुदै मिस नेवाःको फाइनल चैत ३ गते हुने उनले बताइन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.