www.tandavnews.com
Fact ~ In search of truth

कार्कीनेटा सम्पर्क समाज पोखराको अध्यक्षमा घिमिरे

पाेखरा ।
कार्कीनेटा सम्पर्क समाज पोखराको चाैंथो अधिवेशन तथा छैटौ साधारणसभाबाट गायक तथा समाजसेवी केशव घिमिरे अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका छन् ।

शनिबारमा भएको भएको अधिवेशनमा बरिष्ठ उपाध्यक्षमा हरिप्रसाद शर्मा, उपाध्यक्षमा शिव प्रसाद पौडेल, सचिवमा धनप्रसाद शर्मा, कोषाध्यक्षमा पदम श्रेष्ठ, सह–सचिवमा राधिका शर्मा र सदस्यहरुमा भरतप्रसाद पौडेल, कमला श्रेष्ठ, नारायण प्रसाद पौडेल, प्रकाश शर्मा, करिश्मा शर्मा बराल, लक्ष्मी अर्याल, अशोक पौडेल सर्वसम्मत निर्वाचित भएका हुन् ।

कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष घिमिरेले सम्पर्क समाजको स्थापनाको उद्देश्य अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
उद्घाटनसत्र कार्यक्रमका प्रमुख अतिथि तथा फलेवास नगरपालिकाका नगरप्रमुख गंगाधर तिवारीले पानसमा दियो बालेर कार्यक्रमको उद्घाटन तथा केशव घिमिरेको कार्कीनेटा विषेश गीत बजाएर गीतको सार्वजनिक गरेका थिए।

Batas

कार्यक्रममा बोल्दै नगरप्रमुख तिवारीले कार्कीनेटावासी र आफ्नो सम्बन्ध वडा सचिव भएदेखि अझै प्रगाढ रहेको बताउँदै कार्कीनेटाको विकासमा कुनै कसुर नराखी काम गर्ने बताए । कार्कीनेटावासीहरु प्रति आभार तथा धन्यवाद प्रकट गर्दै विगतबाट नै आफू ऋणि भएको त्यसलाई आफ्नो कार्यकालमा ऋणको भार काम गर्ने जानकारी गराएका थिए।

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.