पोखरा
ताण्डव संवाददाता ।
पृथ्वीचोकमा निर्माण गरिएको प्रचार गेट अझँै हटेको छैन । सफल म्याराथनको प्रचारको लागि करिब एक महिना अघि हालेको गेट आयोजक र ठेकदारले अटेर गरेपछि सवारी आवतजावतमा कठिनाइ भएको छ ।
आयोजकले प्रचारको लागि पोखरा महानगरपालिका कार्यालयसँग गेट बनाउने अनुमतीलिदाँ सम्झैतामा उल्लेख गरिएका सर्त पुरा नगरेको पाइएको छ ।

महानगरपालिकाको अनुमतीपत्र अनुसार कार्यक्रम सकिएको तीन दिन भित्रमा गेट हटाउनु पर्ने प्रावधान छ । सफल म्याराथनको कार्यक्रम फाल्गुन ७गते सकिएको हो । तर अझैँसम्म गेट हटेको छैन ।
अनुगमन नहुँदा सडकमा मनपरी भएको पृथ्वी चोकका स्थानीय राजिव भण्डारीले बताए । ‘ठूलो गेटले सवारीलाई कम्ती सास्ती भएको छ,’ उनले भने, ‘यो गेट बेलैमा नहटाउने ठेकदार, आयोजक र अनुगमन नगर्ने कर्मचारीलाई महानगरले कारवाही गर्नु पर्छ ।’
महानगरका निरिक्षण महाशाखाका प्रमुख अधिकृत बसन्त चालिसेले गेट हाल्न कति अवधिको लागि लिएको भन्ने थाहा नभएको बताए । ‘जुन शाखाले अनुमती दिन्छ त्यो बेला निरिक्षण महाशाखालाई पनि बोधार्थ दिनु पर्ने हो,’ उनले भने, ‘मेरो शाखालाई थाहा नै छैन, अनि कसरी गेट भत्काउने ।’
एउटा शाखाले अर्को शाखालाई जानकारी नगराउँदा यस्तो समस्या आएको चालिसेले सुनाए । ‘जानकारी त हुनपर्यो नी,’उनले भने, ‘कसले लिएको, कतिमा लिएको, कति दिनका लागि लिएको भन्ने जानकारी मेरो शाखालाई नभएपछि मैले कसरी काम गर्ने ।’
कर अधिकृत शिवहरी शर्माले आयोजकले कार्यक्रम सकाएपछि आयोजक आफँैले हटाउनु पर्ने बताए । ‘कसले लिएको हो हेर्छौ,’ उनले भने, ‘हामी आजै हटाउन लगाउँछौ ।’
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.