www.tandavnews.com
Fact ~ In search of truth

चाउथेमा दुर्घटना हुनुको कारण खुल्यो

पोखरा
ताण्डव संवाददाता।

पोखरा–१४ चाउथेमा बिहीबार (होलीको दिन) ठूलो दुर्घटना भयो । एउटा गाडीका कारण अन्य तीनवटा गाडी दुर्घटनाको सिकार हुनु पर्याे। जसबाट १० जना घाइते भए।

घटनापछि प्रहरीलाई घाइतेको उपचार गर्न र भिड नियन्त्रण गर्न निकै गाह्रो भयो । घाइते भएका केहीलाई पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पुर्याइयो भने गम्भीर घाइते भएकालाई मणिपाल शिक्षण अस्पताल पुर्याइएको थियो ।

Batas

सोही क्रममा ग १ च ४४४९ का चालक जितबहादुर विकपनि घाइते भए । कास्की प्रहरीले के कारणले दुर्घटना भयो भनेर अनुसन्धान अघि बढायो । गाडी अनियन्त्रित भएर दुर्घटना भएको भन्ने थाहा भयो ।

जिप चालक विकले मादक पदार्थ सेवन गरेर सवारी चलाएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख तथा एसपी अशोक सिहले बताए । स्याङजा विरुवा अर्चले घर भएको ३० वर्षीय विकको टाउको र ढाडमा चोट लागेको छ ।

विभिन्न ठाँउमा भएको चेकिङ छल्दै आएको जिपले ठूलो दुर्घटना निम्त्यायो एक प्रहरी अघिकृतले बताए । ‘रक्सी खाएर चलाएको थियो,’ उनले भने, ‘सानो गल्तीले ठूलो दुर्घटना भयो धन्न मान्छेलाई केही भएन ।’

पोखराबाट चाउथे तर्फ जादै गरेको ग १ च ४४४९ जिपले ग १ ज २६७६ नम्बरको ट्याक्सीलाई ठक्कर दिएपछि अर्को सवारीपनि दुर्घटनामा प¥यो ।

जिपकै कारण ग १ ज ३७०७ नम्बरको ट्याक्सी र त्यस पछि बा १० च १५२४ नम्बरको कारपनि ठोकिएको हो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.