www.tandavnews.com
Fact ~ In search of truth

चाउथेमा सवारी दुर्घटना न्यूनिकरणका उपायः छाडा चौपाय नियन्त्रण देखि सीसी क्यामेरा राख्न माग

पोखरा
ताण्डव संवाददाता

पृथ्वीराजमार्ग सडक खण्ड स्थित पोखरा १४, चाउथेमा आजभोलि दैनिक जसो सवारी दुर्घटना अत्यधिक मात्रामा बढेको छ । दैनिकजसो सडकमा हुने दुर्घटनाका कारण चाउथेवासी चिन्तित छन् । दुर्घटना सबैको टाउको दुखाई जस्तै भएको छ ।

दुर्घटना न्यूनिकरण सम्बन्धमा चाउथे युवा क्लबले चासो देखाएको छ । क्लबको पहलमा पोखरा लेखनाथ महानगरपालिका वडा कार्यालय १४, वडा कार्यालय १०, जिल्ला ट्राफिक प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय रामबजार, एकता क्लब शिवचोक, चाउथे हस्टिपल एण्ड रिचर्स सेन्टर प्राली लगायत स्थानीय टोल विकास संस्था र स्थानीयबासीहरुको सयुक्त पहलमा दुर्घटना न्यूनिकरणका लागि सम्भावित योजनाहरु प्रस्तावित गरेका हुन् ।

Batas

छलफलबाट उक्त सडक खण्डमा स्पीड लिमिट राखिनुपर्ने, सीसी क्यामेरा जडान गरिनुपर्ने, सडक चौडा बनाईनु पर्ने, ट्राफिक प्रहरी व्यवस्थापनका लागि अस्थायी प्रहरी विटको व्यवस्था गरिनुपर्ने, बस स्टेशनलाई प्रभावकारी रुपमा लागू गर्न बस स्टप(प्रतिक्षालय) निर्माण गरिनुपर्ने, छाडा चौपायले गर्दा सवारी संचालनमा प्रत्यक्ष प्रभाव पारिरहेको हुनाले उक्त विषयलाई महानगरले गम्भिरता पूर्वक लिनु पर्ने छलफलमा उल्लेख गरिएको छ ।

सडक खण्डमा सूचनामूलक जानकारी सहितका बोर्डहरु राखिनुपर्ने र चाउथे सडक खण्डको दुर्घटना न्यूनिकरणका लागि सबै सरकारी तथा सामाजिक संघसंस्था, नागरिकहरुले सहकार्य गर्न आवश्यक रहेको कार्यक्रममा सहभागि चाउथे हस्टिपल एण्ड रिचर्स सेन्टरका अध्यक्ष संजयजंग कार्कीले बताए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.