www.tandavnews.com
Fact ~ In search of truth

दमकलको पानीले सिद्धार्थ चोकको ढल सफाई

पोखरा
ताण्डव संवाददाता ।

पोखराको सिद्धार्थ चोकमा दमकलको पानी प्रयोग गरी ढल सफाई गरिएको छ । आइतबार दुई पटकसम्म दमकलको पानीले ढल सफाई गरिएको हो । केही दिन अघि परेको मुललधारे पानीले फोहोर ढलानलाई सफा बनाउनको लागि दमकलको पानी प्रयोग गरिएको वडा–४ अध्यक्ष शंकरप्रसाद बाँस्तोलाले बताए ।

माघको २७ गते ढल निर्माणका लागि भत्काइएको सडक फराकिलो बनाउन लागिएको हो । ढल निर्माण हुँदा पानी र विद्युतले स्थानीयहरुलाई समस्या पुगेको थियो । पछि, स्थानीयहरुकै पहलमा खानेपानीको अस्थाई व्यवस्था मिलाइएको थियो । टेलिकमले तार र पोलको समयमै व्यवस्थापन गर्दिए निर्माण छिटो सम्पन्न हुने बास्तोलाले बताए । उनका अनुसार अहिले चिप्लेढुंगा मार्गका २५ घरको लागि अस्थायी पानीको व्यवस्था मिलाइएको छ ।

Batas

महानगरका जुनियर इन्जिनियर प्रकाश वाग्लेले ढल निर्माण पूराभएसँगै सिद्धार्थचोकमा हुने अवरोध हट्ने बताए । ‘पहिला निकै दुर्घटनापनि हुने गरेको थियो,’ उनले भने, ‘चिप्लेढुंगा साइडतिर १४ मिटर ढलान र अन्य साइडमा ७ मिटर लम्बाईसम्म ढलान गरिनेछ । यसले यातयात आवतजावतमा सहज हुनेछ ।’ ६५ सेन्टीमिटरमा रहेको पुरानो ढललाई भत्काएर १.७० सेन्टीमिटर चौडाई बनाउन लागिएको हो ।

वाग्लेका अनुसार २.५ फिट हाइटलाई बढाएर ४ फिट पुग्नेछ । सिद्धार्थचोकमा हुने दुर्घटना र ढलको नाला पनि राम्रो र दिगो होस भनेर फराकिलो बनाउन लागिएको उनले सुनाए ।

पोखरा–लेखनाथ महानगरले छुट्याएको ४५ लाख रुपैयाँमा ढल निर्माण हुन लागेको हो । ‘राती काम गर्न नमिल्ने हुँदा ढिलो भएको हो,’ उनले भने, ‘ढलान पनि सेटअप हुन समय लाग्छ । अवको १५ दिनसम्ममा सम्पन्न गर्ने तयारीमा छौं ।’

नेपाल टेलिकम पोखरा शाखाका इन्जिनियर नवराज पौडेलले तार र पोलको व्यवस्थापनको काम नरोकिएको बताए । उनले क्याबिनेट बक्स सारेसँगै पोल कहाँ राख्ने डिसिजन गर्नुपर्ने बताए ।

‘पोल कहाँ राख्दा ठिक हुन्छ त्यसको डिसिजन गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘ढल निर्माणसँगै हाम्रो तर्फको काम पनि पूरा हुन्छ, रोकिँदैन । सिभिलको काम रोकिएको छैन् ।’

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.