
पोखरा
पोखरामा चैतको अन्तिम साता मुक्तक महोत्सव २०७४ हुने भएको छ । मुक्तक मञ्च पोखराको आयोजनामा हुने महोत्सव ३ दिनसम्म चल्ने अध्यक्ष प्राञ्जलले जानकारी दिए ।
चैत २२, २३ र २४ गते हुने महोत्सवमा विशेष मुक्तक गोष्ठी, मुक्तक मञ्च पोखराद्वारा प्रकाशित ८ वटा मुक्तक कृतिहरुमाथि समीक्षात्मक कार्यव्रmम, मुक्तकका पुस्तक प्रदर्शनी, मुक्तककै विषयमा विद्यावारिधि, शोध तथा अध्ययन गरेका विद्वानहरुको सहभागितामा मुक्तकको सैद्धान्तिक बहस, राष्ट्रिय मुक्तक पुरस्कार हस्तान्तरण, मुक्तक सङ्ग्रहको लोकार्पणसँगै टिकटमा मुक्तक वाचनलगायतका कार्यक्रम गरिने भएको छ ।

नेपाली मुक्तकको सैद्धान्तिक अन्यौल हटाई अझै स्पष्ट रुपरेखा तयार गर्ने, पोखरामा विभिन्न स्थानका साहित्यकारहरुलाई भित्रयाई पर्यटन साहित्यको अवधारणालाई अघि बढाउने, अग्रज मुक्तककारलाई सम्मान र नवप्रवेशीलाई प्रोत्साहन प्रदान गर्नेलगायतका उद्देश्यले महोत्सव आयोजना गरिएको प्राञ्जलले बताए ।
पोखराबाट मुक्तकको विधागत विकासका लागि २०६५ सालदेखि क्रियाशील मञ्चले नियमित रुपमा हरेक महिनाको अन्तिम शनिबार मुक्तक वाचन कार्यक्रम गर्दै आएको छ भने मुक्तक सङ्ग्रह प्रकाशन र छलफलका कार्यक्रमहरु पनि सञ्चालन गर्दै आएको छ ।
मुक्तक महोत्सव भने यो नै पहिलो हो पटक मञ्चले गर्न लागेको हो ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.