www.tandavnews.com
Fact ~ In search of truth

अस्ट्रेलिया जान इच्छुकका लागि पोखरामा ‘एजुकेशन फेयर’

पोखरा

सुवास गुरुङ(ताण्डव न्युज)

पछिल्लो समय उच्च शिक्षा अध्ययनकालागि विदेशीने युवाहरुको संख्या बढ्दो छ । उचित परामर्शको अभावमा उच्च शिक्षा हासिलका लागि विदेशीएकाहरुले विभिन्न समस्या भोग्ने गरेका छन् ।

Batas

यस्तै समस्यालाई मध्यनजर गर्दै प्रोफेसनल एजुकेसन कन्सल्टेन्सीले अस्ट्रेलिया जान चाहाने विद्यार्थीहरुकालागि पोखरामा एजुकेसन फेयरको आयोजना गरेको छ ।

विरौटा स्थित पोखरा ग्राण्डमा यहि २८ गते मेलाको आयोजना गरिएको कन्सल्टेन्सीका पोखरा प्रबन्धक किशोर परियारले बताए । ‘अस्ट्रेलियामा उच्च शिक्षा अध्ययन गर्नेकालागि यस फेयरले टेवा पुग्नेछ । मेलाकै अवसरमा भर्ना हुने विद्यार्थीकालागि हामिले ५० प्रतिशत छुटको व्यवस्था समेत गरेका छौं’ उनले भने ।

फेयरमा अस्टे«लियाका १५विश्व विद्यालयका प्राध्यापकहरुको उपस्थिती रहनेछ ।

कन्सल्टेन्सीले विद्यार्थिको स्वरजगारकोलागि बारिस्टा अर्था कफि मेकिङ बारे पनि जानकारी दिने छ। हिमायलयन जाभाले यसको सहकार्य गर्ने छ। ‘विद्यार्थीले कलेजबाट समय छुट्टाएर काम गर्न पनि पाउँछन् । यसलाई ध्यानमा राख्दै हामिले बारिस्टा ट्रेनिङको व्यवस्था पनि गरेका छौं’ प्रबन्धक परियारले बताए ।

कार्यक्रममा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.