www.tandavnews.com
Fact ~ In search of truth

एसपी सिंहले सुधारे जुवाडेलाई

पोखरा
ताण्डव न्यूज ।

कास्कीमा २०६४ सालपछि आएका एसपीहरुले कत्तिको गतिलो काम गरे भनेर स्थानीयले मूल्याङ्कन गर्न थालेका हुन् । त्यसबेला एसपी सुवास चौधरीको गैरजिम्मेवारीपनले गर्दा कास्कीमा शान्ति सुरक्षाको स्थिति निकै नाजुक थियो । सुवास पछि एसपी रमेश खरेल आए, अनि कास्कीमा शान्ति सुरक्षाको प्रत्याभूति गराए ।

त्यसपछिका कास्की प्रमुखले कुन क्षेत्रलाई प्राथमिकता दिएर काम गरे भन्ने हो । विशेष गरि जसले जुन क्षेत्रमा राम्रो काम गरे त्यसको अहिले पनि कास्कीका स्थानीयले प्रशंसा नै गर्छन् । खरेल पछि आधा दर्जन भन्दा धेरै एसपी कास्कीले पायो । ती मध्ये कस्केलीले केही एसपीलाई मात्र सम्झन्छन्, जसले सम्झन योग्य काम गरे ।

Batas

१० वर्ष यता कस्केलीले तत्कालीन एसपी यादवराज खनाल, वसन्तकुमार लामा, हरिबहादुर पाललाई धेरै सम्झन्छन् । यही सम्झनाको सूचीमा अहिलेका एसपी अशोक सिंह पनि परेका छन् । खनालले हातहतियारसहित धेरै अपराधी समाते । अन्य कामकारवाही बाहेक खनाललाई हातहतियार सम्बन्धी निकै राम्रो गरेको भनेर कस्केलीले चिन्छन् ।

खनालले जस्तै वसन्तकुमार लामाले पनि आफ्नो अलग छाप छोड्न सफल भए । कुनै पनि एसपीले गर्न नसकेको बाग्लुङ बस पार्कको देह–व्यापार लामाले नै हटाएका हुन् ।

कडा अनि मिजासिलो स्वभावका एसपी हरिबहादुर पालले आउने वित्तिकै राजनीतिको आडमा रहेका टोले गुण्डाहरुलाई तह लगाए । व्यवसायीको खोल ओडेर गुण्डागर्दी गर्ने टोलेलाई उनले कानुनी दायरामा ल्याए । एसपी पाललाई कस्केलीले मात्र होइन आफ्नो मातहतमा रहेर काम गरेका प्रहरीले पनि उत्तिकै सम्झन्छन् ।

यही सम्झनाको सूचीमा अहिलेका एसपी अशोक सिंह पनि पर्ने पक्का भएका छन् । एसपी सिंहले ६ महिनामा ३८ जना जुवाडेको समूहलाई समातेर कानुनी दायरामा ल्याए । यो अवधीमा उनले २ सय ६६ जना जुवाडेलाई समाते । त्यति मात्र होइन सिंहले केही टोली गुन्डालाई पनि पक्राउ गरेर तह लगाउने काम गरे । सरुवा भएर कास्की आए लगत्तै सिंहले जुवालाई प्रथामिकतामा राखेर कारवाही अघि बढाए । आउने वित्तिकै सानो जुवाको खाल समाते । तर अन्य एसपी जस्तै तर्साउन मात्र गरेको भनेर आलोचित भए ।

जब अमरसिंह चोकमा रहेको एक जुवा घरमा सिंहले छापा हाने अनि बल्ल कस्केलीले उनको काम विश्वास गरे । त्यो जुवा घर यति चर्चामा थियो कि सानो जुवाडेदेखि ठूलो चुवाडेलाई मात्र होइन यस अघिका एसपीहरुलाई पनि थाहा थियो । तर कहिल्यै पनि प्रहरीले त्यो घरमा छापा हान्ने हिम्मत गरेन् । कारण त्यो घरमा केन्द्रीयस्तरको नेता, आर्र्मी, शसस्त्र र प्रहरीकै उच्च पदाधिकारी पनि जुवा खेल्न जाने गर्थे ।

अन्य एसपी जस्तै यो मामिलामा एसपी सिंह डराएनन् । उनले छापा हानेर कानुनी दायरामा ल्याए । एक पछि अर्को गर्दै कास्कीमा मिनि क्यासिनो भनेर चिनिएका धेरै जुवा घरहरुको खाल मात्र उठाएनन्, यहाँ कहलिएका जुवाडेलाई समेत सुधारे । अरु भन्दा जुवातास र गुन्डागर्दी विरुद्ध कहिले पछि नहट्ने स्वभावका एसपी रहेको एक प्रहरी अधिकृतले बताए । ‘जुवाको सवालमा त एसपी साप कडा छन्,’ उनले भने, ‘एक पटक ठूलो जुवाडेको खाल समाते, यहाँको मानिएको नेताकै दबाब आउदा पनि सरले छाड्नु भएन । पछि कानुन वमोजिम नै प्रक्रियामा ल्याएर छाडियो ।’

जिल्लामा शान्ति सुरक्षा दिने जिम्मा आफ्नो भएको हुनाले यसमा कुनै पनि कमि कमजोरी हुन नदिने एसपी सिह बताउँछन् । ‘व्यक्तिको पद जुनसुकै होस्, नियम विपरीत काम गर्छन् भने कानुनको दायरामा ल्याउने कामनै हाम्रो हो,’ उनले भने, ‘जुवाडे र गुन्डागर्दीको हकमा भने म एउटै कुरा भन्छु बेलैमा सुध्रिनु नत्र म कुनै हालतमा छाड्दिन ।’

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.