पोखरा
ताण्डव न्यूज
पोखरा लेखनाथ–३० मा रहेको करिब १८ रोपनी सार्वजनिक जग्गा दाबी मात्र गरेर नहुने मेयर मानबहादुर जिसीले बताएका छन् । सार्वजनिक जग्गा भू–माफियाले कुम्ल्याउन खोजेको गुनासो आएपछि मेयर जिसीले जग्गा दाबी गर्न प्रमाण हुनुपर्ने बताएका हुन् ।
‘मेरो जग्गा भनेर मात्र हुँदैन, आधार प्रमाण हुनुपर्छ,’ उनले भने, ‘निवेदनको भरमा सिफारिस गर्न मिल्दैन ।’ सार्वजनिक जग्गा कुनै हातलमा व्यक्तिको नाममा नहुने मेयर बताए ।
कुनै आधार बिना नेताको आड लिएर केही व्यक्तिहरुलाई आर्थिक प्रलोभनमा पारेर सार्वजनिक जग्गा कुम्लाउन खोजेपछि स्थानीय रुष्ट भएका हुन् ।

फागुन २ गते पोखरा लेखनाथ महानगरपालिका–३० शिसुवा, खयरखोरमा रहेको उक्त सार्वजनिक जग्गा आफ्नो रहेको भन्दै कल्याणी भारीको निवेदन अर्जुन भारीले बुझाएको वडा कार्यालयमा बुझाएका थिए ।
अध्यक्ष श्रीराम पोखरेलले पनि कुनै हालतमा सार्वजनिक जग्गा व्यक्तिको नाममा सिफारिस नगरिने बताए । ‘प्रमाण केही छैन,’ उनले भने, ‘त्यो सार्वजनिक जग्गा सार्वजनिक नै रहन्छ ।’
सार्वजनिक जग्गा संरक्षण अभियन्ता चोलाप्रसाद बरालले विगतमा पनि यसरी सार्वजनिक जग्गा दाबी गरेर खान खोजेको बताए । ‘विगतमा जे भयो हामीले रोक्ने प्रयास गर्यौ, अब कुनै हालतमा सार्वजनिक जग्गा खान दिदैँनौ,’ उनले भने, ‘यो विषयमा जनतापनि सचेत हुन जरुरी छ ।’
पैसाको लोभमा सार्वजनिक जग्गा खान खोजेको स्थानीयले बताए । अहिले त्यो करिब १८ रोपनी जग्गालाई २०–२५ करोड पर्छ ।
यो पनि पढ्नुहोस् ।
लेखनाथको सार्वजनिक जग्गा भू–माफियाले कुम्ल्याउन खोजेपछि…
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.