www.tandavnews.com
Fact ~ In search of truth

पर्वत उद्योग वाणिज्य संघको नेतृत्व चयन हुँदै

पोखरा,
ताण्डव न्यूज ।

पर्वत उद्योग वाणिज्य संघले आज (शनिबार) नयाँ नेतृत्व पाउँदैछ । निर्वाचन कार्यालका अनुसार आज ८ बजेदेखि मतदान प्रक्रिया सञ्चालन भएको छ ।

पर्वत उद्योग बाणिज्य संघका १ हजार ५ सय ८७ सदस्यहरुले मतदान गर्दैछन् । नेतृत्व लिने दाउमा लोकतान्त्रिक प्यानलका लेखनाथ शर्मा र वागमठबन्धनका केदारनाथ शर्मा मैदानमा छन् ।

Batas

लेखनाथ शर्माको प्यानलमा रहेका मधुसुदन उपाध्याय, राजनकुमार श्रेष्ठ लगायतले उम्मेदवारी फिर्ता लिएपछि उनलाई सहज भएको हो । अहिले पनि एउटा प्यानलबाट अध्यक्ष सहित २३ जनाको उम्मेदवारी पर्नुपर्ने भएपनि उक्त प्यानलबाट २१ जनाले मात्रै चुनाबी प्रतिष्पर्धा गर्ने छन् ।

पर्वतका सबै गाउँपालिकामा उद्योग, पर्यटन प्रवद्र्धनको प्याकेज, पशुजन्य, तरकारी लगायतको पकेट क्षेत्र बनाउने जस्ता विषय मेरा एजेन्डा सहित शर्मा अध्यक्ष पदमा उम्मेदवार दिएका हुन् ।

madi
machhapuchre

पर्वत उद्योग बाणिज्य संघको कार्यसमिति सदस्य, महासचिव हुँदै बाणिज्य उपाध्यक्ष सम्म भएका केदारनाथ शर्मा हाल विभिन्न सामाजिक संघ संस्था लगायत कुश्मा बलेवा यान्त्रिक पुलको सञ्चालक समितिमा समेत रहेका छन् ।

उनले उद्योगी व्यवासायीको हितमा काम गर्ने र सहरमा केन्द्रित व्यापार, व्यवसाय तथा उद्योगधन्दाहरु प्रभावित बन्दै आएकाले दशकौं अघिदेखिको जिल्ला सदरमुकाम केन्द्रित व्यापार–व्यवसाय नयाँ ढंगले सञ्चालन गर्नुपर्ने परिस्थितिको समाधान गर्ने भन्दै उम्मेदावर दिएको बताएका छन् ।

दुवै प्रतिस्पर्धीले निर्वाचनमा अत्याधिक मत दिएर आफूलाई जिताउने अपेक्षा गरेका छन् ।

संघमा यस अघिका निर्वाचनहरुमा बामपन्थी समूहले समर्थन गरेका उमेदवारहरुले नै अधिकांश पदमा जित हासिल गरेका कारण यसपटक पनि बामपन्थी समूह नै बलियो देखिएको छ भने बिगतका निर्वाचनमा बिभाजित बन्दै आएको लोकतान्त्रिक समूह एक भएर उमेदवारी दिएका कारण कडा प्रतिष्पर्धा हुने ब्यबसायीहरु बताउँछन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.