www.tandavnews.com
Fact ~ In search of truth

लायन्स माछापुच्छ्रे भिलेजमा घनश्याम

पोखरा ।

लायन्स क्लब अफ पोखरा माछापुच्छ्रे भिलेजको अधिबेशनले घनश्याम शर्माको अध्यक्षतामा सन् २०१८/१९ का लागि नयाँ कार्यसमिति चयन गरेको छ ।

उक्त क्लबको शुक्रबार कास्कीको अन्नपुर्ण गाउँ पालिकास्थित धम्पुसको अस्ट्रेलियन क्याम्पमा आयोजित इलेक्सन कार्यक्रमले नयाँ कार्यसमिति गठन गरेको हो ।

Batas

नवगठित कार्यसमितिका प्रथम उपाध्यक्षमा शोभाकान्त पौडेल,द्वितीय उपाध्यक्षमा बिजय पाहारी , तृतीय उपाध्यक्ष शिबराज पौडेल ,सचिबमा पुरुषोत्तम पौडेल ,सह सचिबमा पबित्रमणि अधिकारि,कोषाध्यक्ष लक्ष्मण अधिकारि ,सह कोषाध्यक्षडिल्लीराम पराजुली रहेका छन् ।

त्यस्तै क्लबका टेमर लोकनाथ जैसी , टेल ट्विसटर इश्वर के सी ,रिपोर्टिंग अफिसर प्रेम मल्ल , एल सी आई एफ को –अर्डिनेटर राजेन्द्र गुरुङ पब्लिक रिलेसन अफिसर नबिन भट्टराई रहेका छन् । निर्देशकहरुमा श्रीराम भारती , हरि प्रसाद लम्साल ,ओम प्रकाश बराल , बल बहादुर ढकाल,रामजी प्रसाद लम्साल , नारायण पराजुली रहेका छन् ।

सो अधिबेशनको जोन चेयर पर्सन तथा क्लबका संस्थापक अध्यक्ष शिबराज आचार्यले उद्घाटन गरेका थिए । अध्यक्ष तिर्थराज आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिब बिजय पहारीले गरेका थिए , स्वागत प्रथम उपाध्यक्ष घनश्याम शर्माले गरेको सुचना तथा संचार निर्देशक रामजी लम्सालले जानकारी दिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.