www.tandavnews.com
Fact ~ In search of truth

‘जय मायाप्रेम’ को पोखरामा विमोचन

पोखरा,

वि स्टार नेपालको प्रस्तुतिमा बनेको गीति एल्वम ‘जय मायाप्रेम’ को पोखरामा विमोचन गरिएको छ ।

गीतको नेपाल संगीत नाट्य एकेडेमीका कुलपति सरुभक्त, प्राज्ञ हरिदेवी कोइराला र गायिका बाबा राणा बज्राचार्यले संयुक्त रुपमा विमोचन गरे ।

Batas

एल्वमका भिडियो सहितका ४ गीत समावेश गरिएको छ । एल्बममा समावेश गीतको रचना युवा व्यवसायी अर्जुनरत्न भिकारीले गरेका छन् ।

गीतमा चेतन सापकोटाले संगीत दिएका छन् भने नारायण धितालले स्वर रहेको छ । एल्बमको भिकारी, सापकोटा र धिताल निर्माता हुन् । गीतमा महाराज थापाले एरेन्ज गरेका छन् ।

गीतकार एवं निर्माता अर्जुनरत्न भिकारिका अनुसार करिव दुई साता लगाएर एल्बमको देशका विभिन्न रमणीय स्थलहरुमा छायाङकन गरिएको छ ।

कास्कीसँगै पर्वतको भुकु देउराली, जोमसोम, मुस्ताङमा रहेको लेतेको टिटी लेक, कागवेनी, मुक्तिनाथ, उपल्लो मुस्ताङको छुसाङ र काठमाडौंको गोदावरीमा छायाङकन गरिएकोे भिकारिले जानकारी दिए ।

निकेश खड्का र युवराज वाईवाको निर्देशनमा वनेको एल्वममा नायिका प्रियका कार्की, जेनिशा हमाल, सुष्मा अधिकारी, सेनु घर्ती, अर्जुन रत्न भिकारि, चेतन सापकोटा, नारायण धिताल, मोहन चन्द्र पराजुली, रामराज अधिकारी लगायतका करिब २० जना कलाकारको अभिनय रहेको छ । एल्बम निर्माणमा ३० लाख खर्च लागेको जनाइएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.