www.tandavnews.com
Fact ~ In search of truth

खेलकूदलाई उद्योगको रुपमा विकास गर्नुपर्छ :मन्त्री विश्वकर्मा

कास्की ।

युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले खेलकूदलाई उद्योगका रूपमा विकास गर्नुपर्ने बताएका छन् । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि यही फागुन ३ गतेदेखि २५ गतेसम्म गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगिताको समापन समारोहमा उनले विकसित देशले खेलकूदलाई उद्योगका रूपमा विकास गरी पर्यटन प्रर्वद्धन गरेकाले खेलपर्यटनको माध्यमबाट समृद्धिको आधार तयार गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे ।

खेलाडीको भविष्य सुनिश्चित नहुँदासम्म नयाँपुस्ताका खेलाडी खेल क्षेत्रमा नआउने भन्दै उनले भने, “खेलाडीको भविष्य सुनिश्चित नभएसम्म खेलक्षेत्रको समृद्धिको परिकल्पना गर्न सकिँदैन । खेलाडीको सेवासुविधालाई सरकारले प्राथमिकतामा राखेको छ ।”

मन्त्री विश्वकर्माले देशका सात प्रदेश र ७५३ स्थानीय तहमा एक÷एक खेल ग्राम निर्माणका लागि सरकारले कार्यविधि पारित गरिसकेकाले पूर्वाधारको अभावमा खेलाडीले भोगिरहेको समस्या समाधान हुने विश्वास व्यक्त गरे । कार्यक्रममा मन्त्री विश्वकर्माले प्रदेशस्तरीय छनोटमा परेका विभिन्न खेलका विजेता खेलाडीलाई प्रमाणपत्र वितरण गरेको थियो । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.