www.tandavnews.com
Fact ~ In search of truth

सामाजिक संजालमा ‘उपहार पर्‍याे’ भन्दै ठग्नेलाई कास्की प्रहरीले समात्यो

पोखरा
ताण्डव न्यूज ।

सामाजिक संजाल फेसबुक भाइबर र इमोबाट ठगी गर्नेलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । संजाल प्रयोग गरेर ‘तपाइलाई चिट्ठा परेको छ’ भन्दै ठग्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको हो । करिब १ करोड ३० लाख ठगि गरेका उनीहरुको साथबाट प्रहरीले २ लाख १ हजार समेत फेला पारेको छ।

घटना १ : 

Batas

करिब डेढ बर्षअघि बिदेशी नागरिकले एक परिवारलाई ‘सामान र पैसा पठाएको छु । भारतमा रोकिएको छ । ट्याक्स क्लियर छैन’ भन्दै पैसा पठाउन लगाए । पिडितले पाल्पा निस्दि गाउँपालिका ७ ज्यामिरेका यामबहादुर थापाको बैंक अफ काठमाडौंको खातामा पैसा पठाइदिए । तर, पैसा पठाइसके पश्चात् फोन सम्पर्क टुट्यो । पिडितले कास्की प्रहरीमा निवेदन दिएपछि घटनाको अनुसन्धान थाल्यो । चैत १ गते पिडितले पैसा पठाएका बैंक खातावाल यामबहादुरलाई उनकै घरबाट पक्राउ गर्यो ।

घटना २ :
कास्की र अन्य जिल्लाका ८० व्यक्तिलाई सामाजिक संजालबाट २५ लाखको चिट्ठा परेको छ भन्ने खबर पुग्यो । उक्त रकमकोलागि ट्याक्स क्लियर गर्नुपर्ने भन्दै ठगहरुले पैसा मागे । यसरी ठग्नेहरुमा धादिङ नेत्रवति गाउँपालिकाका ठाकुर गुरुङ, गण्ेश गुरुङ, मनोज तामाङ छन् भने धादिङकै खनियावास गाउँपालिकाका टेक बहादुर तामाङ र जेनिस तामाङ छन् । चैत १मा उनिहरुपनि प्रहरी फन्दामा परे ।

घटना ३ : 
प्रहरी कार्यालय कास्कीले धादिङका ५ जनालाई पक्राउ गरेपछि सोधपुछ गर्यो । उनिहरुले साउदीमा रहेका नरेश राउतले भनेअनुसार पैसा झिकेर विभिन्न स्थान पठाउने गरेको खुलासा भयो । विशेषगरि जनकपुरमा उक्त रकम पठाइएको पाइयो ।

पक्राउ परेकाहरुकै माध्यमबाट नरेश राउतलाई पैसा पठाउने भनेर सम्पर्क गरियो । राउतले धनुषा स्थित संगिताको मिश्रको नाममा पैसा पठाउन लगाए । र, धनुषा प्रहरीको सहयोगमा महोत्तरी जलेश्वर नगरपालिका बस्ने संगितासँगै मनर नगरपालिकाकी कामनी तिवारीलाई पनि पक्राउ गर्यो ।

संगिता र कामनीलाई सोधपुछ गर्दा योगेन्द्र तिवेरीले यस कामको लागी निर्देशन गरेको खुल्यो ।  अन्ततः चैत २ मा महोत्तरीबाट योगेन्द्र तिवारी पनि पक्राउ परे ।

 

उनीहरुलाई आज पत्रकार सम्मेलनकाे अायाेजना गरी सार्वजनिक गरिएको हो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.