www.tandavnews.com
Fact ~ In search of truth

अन्तर्राष्ट्रिय स्तरको ‘फुड कार्निभल’ पोखरामा, धमाधम टिकट बिक्री हुँदै

पोखरा
ताण्डव न्यूज ।

आई ब्लुज म्यानेजमेन्ट प्रालिले नेपाली नयाँ बर्ष २०७५ को अवसरमा गर्न लागेको अन्तराष्ट्रिय स्तरको फुड कार्निभलको टिकट धमाधम बिक्री भईरहेको छ । चैत ३० गते पोखराको नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा कार्यक्रमको आयोजना हुन गईरहेको फुड कार्निभलको टिकट बिक्री काउन्टरबाट उल्लेखनीय बिक्री भईरहेको प्रालिका प्रबन्धक कुशल थापाले बताए ।

नेपालीहरुमापनि नयाँ वर्षको सुखद क्षणमा विभिन्न फुड स्टलका खानाका परिकार, पेय पदार्थ, पार्टी र डिजे म्युजिकको प्रस्तुतिमा रमाउने वातावरण तयार गर्ने उद्देश्यले पोखरामै पहिलो पटक कार्यक्रमको आयोजना गरिएको प्रालिले जनाएको छ ।

Batas

दुई चरणमा सम्पन्न हुने कार्यक्रमका लागि टिकट व्यवस्था गरिएको प्रालिका उपाध्यक्ष धिरज थापाले बताए । उनका अनुसार पहिलो चरणमा दिउँसो ११ बजेदेखि साँझ ५ बजेसम्म कार्यक्रम राखिएको छ । एक हजार रुपैयाँ टिकटमा प्रवेश पासको व्यवस्था छ ।

दोस्रो चरणको साँझ ७ बजे देखि संचालन हुने कार्यक्रमका लागि दुई हजार रुपैयाँ टिकटमा वेलकम ड्रिङ्स र प्रवेश पासको व्यवस्था गरिएको छ ।

१२ हजार रुपैयाँ टिकटमादुई जनाका लागि जिल्ला बाहिरबाट आउने पाहुनालाई एकतर्फी यातायात सुविधा, वेलकम ड्रिङ्स, प्रवेश पास, उच्च स्तरीय होटलमा एसी सुविधा सहितको कोठामा बस्नका लागि प्रबन्ध गरिएका थापाले बताए । ‘बिहान बे्रकफाष्ट सहित फेवातालमा बोटिङको सुविधासमेत उपलब्ध गराइने उनले औल्याए ।

कार्यक्रमको टिकट आइब्लुज रेष्ट्रो नयाँबजार, मिडटाउन ग्यालेरीया, भाटभटेनी सुपरमार्केट, ट्रेड मल पोखरा, श्रीकृष्ण चलचित्र घर तर्सापट्टीमा उपलब्ध गराईएको छ ।

कार्यक्रमबाट संकलित रकममध्ये ५ प्रतिशत आविष्कार केन्द्र (महाविर पुन) लाई सहयोग गरिने जनाइएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.