www.tandavnews.com
Fact ~ In search of truth

स्याङजा : माटोको ढिस्कोले पुरिएर मृत्यु

वालिङ, स्याङजा(रासस)

स्याङजाको पश्चिममा पर्ने कालीगण्डकी गाउँपालिका–६ दब्चेमा माटोको ढिस्कोले पुरिएर आज दिउँसो एक महिलाको मृत्यु भएको छ ।

वडा प्रहरी कार्यालय वालिङका अनुसार कालीगण्डकी गाउँपालिका–६ दब्चे लाम्दीकोटकी ४१ वर्र्षीया इन्दिरा रानाको घटनास्थलमै मृत्यु भएको हो ।

Batas

रानाको घर पोत्ने रातो माटो खन्ने क्रममा ढिस्कोले पुरिएर मृत्यु भएको हो । घटनामा परी सोही स्थानका १८ वर्र्षीया भावना दर्लामी र ५२ वर्षीया जीतमाया गाहा घाइते भएका छन् । उनीहरूको पाल्पाको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.