www.tandavnews.com
Fact ~ In search of truth

स्थानीय तहमा उपभोक्ता समिति गठनसम्बन्धी कार्यविधि जारी

काठमाडौँ(रासस)

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको अधिकार क्षेत्रभित्रको विकास निर्माण सञ्चालनका लागि उपभोक्ता समिति गठनसम्बन्धी कार्यविधि जारी गरेको छ ।

स्थानीय तहलाई उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन गर्न एवं स्थानीय कानून बनाउन नमूना कार्यविधि, २०७४ जारी गरिएको मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले राससलाई जानकारी दिनुभयो ।

Batas

कार्यविधिमा उपभोक्ता समिति गठन, समितिका सदस्यको योग्यता, समितिको काम, कर्तव्य र अधिकार, आयोजना कार्यान्वयन, आयोजना सम्झौताका लागि आवश्यक कागजात, समितिको क्षमता विकास, खाता सञ्चालन र भुक्तानी प्रक्रिया, अनुगमनसम्बन्धी व्यवस्था, समितिको दायित्वजस्ता विषय समेटिएको उहाँले बताउनुभयो ।

स्थानीय स्वायत्त शासन ऐन, २०५५ खारेज भएपछि आयोजना कार्यान्वयनलाई सहज बनाउन नेपालको संविधान, २०७२ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार नमूना कार्यविधि जारी गरिएको मन्त्रालयले जनाएको छ । कार्यविधि जारी भएपछि स्थानीय तहलाई जनसहभागिता एवं जनश्रमदान जुटाउन सहयोग पुग्ने मन्त्रालयको विश्वास छ ।

नमूना कार्यविधि आजै सबै स्थानीय तहमा पठाइएको मन्त्रालयले जनाएको छ । नमूना कार्यविधिका आधारमा मूल विषयलाई अन्तर नपारी स्थानीय तहले आफ्नो अनुकूलको विधि निर्माण गर्न सक्ने प्रवक्ता तामाङले सुनाउनुभयो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.