www.tandavnews.com
Fact ~ In search of truth

काम गर्न नसकेको भन्दै कर अधिकृत शर्माको सरुवा

पोखरा
ताण्डव न्यूज ।

पोखरा लेखनाथ महानगरपालिकाका कर अधिकृत शिवहरि शर्मालाई प्रशासन शाखामा सरुवा गरिएको छ ।

आर्थिक पार्दशिता नभएको र पटक पटक सेवाग्राहीबाट गुनासो आएको हुनाले शर्माको सरुवा भएको हो । महानगरपालिकाको स्रोत अनुसार कुशलतापूर्वक जिम्मेवारी वहन गर्न नसक्ने अन्य कर्मचारीलाई पनि छिट्टै सरुवा गर्ने तयारी भइरहेको छ ।

Batas

सेवाग्राहीको गुनासो अत्यधिक आउन लागेपछि सुध्रिने मौका बारम्बार पाएपनि शर्माले बानी नसुधारेपछि अर्को फाँटमा सारिएको महानगरपालिका एक कर्मचारीले बताए ।

‘बेला बेलामा आर्थिक विवादमा पनि आए,’ उनले भने, ‘एक पटक त व्यक्तिगत कर ८ हजार लिनु पर्ने ठाँउमा २५ हजार लिएर भोली पल्ट मेयरकै रोहवरमा फिर्ता गरेका हुन् ।’ यस्तै धेरै पटक गल्ती देखिएको हुनाले अहिले सरुवा गर्न बाध्य भएको स्रोतको भनाइ थियो ।

शर्मालाई प्रशासन शाखा सरुवा गरेपछि उनको ठाँउमा लेखामा रहेका छविलाल शर्मा कर अधिकृतको रुपमा आएका हुन् । शिव पोखरा महानगरपालिकामा २०६० सालदेखी कर अधिकृतको रुपमा काम गर्दै आएको थिए ।

तत्कालिन समयमा दुई महिना जति प्रशासनमै काम गरेर शिव कर सम्हाल्ने जिम्मेवारी पाएका थिए । लामो समय कर अधिकृत भएपनि उनको कामबाट महानगरपालिका सन्तुष्टी भने थिएन ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.