पोखरा
ताण्डव न्यूज ।
नेपाल ज्योतिष परिषद्को प्रदेश नं ४ को प्रथम अधिवेशनबाट ज्यो. रामप्रसाद कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिती निर्वाचित गरिएकाे छ ।
समितिको बरिष्ठ उपाध्यक्षमा दुर्गादत्त शर्मा आचार्य, उपाध्यक्षमा मोहराज ढकाल, टेकनारायण शर्मा, शान्ति श्रेष्ठ, भिमनाथ कुइकेल, महासचिवमा ज्यो.कमल पौडेल शास्त्री , उपमहासचिवमा देवीप्रसाद रेग्मी, नारायणप्रसाद पौडेल, कृष्णकान्त काफ्ले, सचिवमा विजय दोरङ्गा, कोषाध्यक्षमा तोयनाथ आचार्य,सहकोषाध्यक्षमा गोविन्द रिजाल, प्रचार सचिवमा दिनेश परियार, संगठन सचिवमा धनपति रेग्मी छन्।

त्यस्तै, सदस्यमा उमाकान्त शर्मा, हिरण्यप्रसाद शर्मा, कमलापति रेग्मी, हरि घिमिरे, होमनाथ पोखरेल, खगेन्द्रप्रसाद घिमिरे, ओमप्रसाद उपाध्याय, भुवानीप्रसाद बराल, तेजबहादुर भुजेल, पुष्पराज न्यौपाने र संगीता थापा छन् ।
ज्यो. सन्तोष वशिष्ठ संयोजक, लक्ष्मण पन्थी सदस्य सचिव, बेदराज पन्त, नारायण बराल र बासुदेव सुवेदी सदस्य रहेको समितिले निर्वाचन गराएको थियो ।
परिषदको बरिष्ठ उपाध्यक्षमा दुर्गादत्त आचार्य र महासचिवमा कमल पौडेल निर्वाचित भए ।
कार्यक्रममा नेपाल ज्योतिष परिषदको केन्द्रीय संस्थापक अध्यक्ष डा.लोकराज पौडेल र दक्षिण एसियाली ज्योतिष महासंघका केन्द्रीय सभापति डा. सहदेव विष्टको सहभागीतामा समिति निर्वाचित भएको हो ।
कार्यक्रममा ज्योतिष सम्बन्धी समस्या र समाधानको बारेमा छलफल समेत गरिएको थियो ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.