www.tandavnews.com
Fact ~ In search of truth

चिया बगान ल्वाङ गाउँमा चैते दशैं मेला

पोखरा
ताण्डव न्यूज ।

कास्की जिल्लाको एकमात्र चिया बगान रहेको ल्वाङ गाउँमा ‘२७ आंै चैते दशै मेला’ को आयोजना गरिएको छ ।

धार्मिक परम्पराको मौलिकता र संस्कृति संरचनाहरुलाई लोप नदिनको लागि ग्रिनहिल क्लबले चैत १७ देखि २१ गतेसम्म शहिद हरिप्रसाद स्मृति खेलमैदानमा हुन लागेको हो ।

Batas

गाउँमा आन्तरिक तथा बाह्य पर्यटक भित्राउनको लागि मेला आयोजना गर्न लागिएको क्लबका अध्यक्ष दीपक गुरुङले पत्रकार सम्मेलन गरी जानकारी दिए । मेलामा खुल्ला गाउँस्तरीय पुरुष भलिबल, खुल्ला अन्तरक्लब स्तरीय महिला भलिबल, छेलो हान्ने, घैटो फुटाई, मकै गन्ने, बेलुन फुटाइ बाल बालिकाको लागि मात्र र महिलाको लागि मेच घुमाई आकर्षण रहने उनले बताए ।

‘पुरुष भलिबलमा २५ टिम र महिला भलिबलको लागि ११ टिम सहभागी हुनेछन्,’ उनले भने, ‘पुरुषको लागि ५ हजार दर्ता र महिलाको लागि २५ सय रुपैयाँ दर्ता शूल्क लाग्छ ।’ पुरुष भलिबल विजेताले ५५ हजार ५ सय ५५ र उपविजेताले ३५ हजार ५ सय ५५ मेडल, शिल्ड, प्रमाणपत्र पाउनेछन् । महिलातर्फ २१ हजार एक सय ११ रुपैयाँ र उपविजेताले १५ हजार एक सय ११ रुपैयाँ मेडल, शिल्ड र प्रमाणपत्र पाउनेछन् ।

मेला सम्पन्न गर्नको लागि ८ लाख खर्च लाग्ने जनाइएको छ । मेला हेर्नको लागि २० हजार दर्शक आउने अपेक्षा गरिएको अध्यक्ष गुरुङले बताए । होमस्टेको विकासको लागि पर्यटन प्रवद्धन गर्नको लागि ल्वाङमा १३ घरमा होमस्टे सञ्चालन गरिएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.