पोखरा
ताण्डव न्यूज ।
बालगृहबाट भागेका बालबन्दीलाई पक्राउ गरिएको छ । चैत ३ गते दिउँसोको समयमा बालगृहकै पर्खालबाट फड्की भागेका १४ वर्षीय प्रविण चौधरीलाई मंगलबार स्याङजाको आधिखोला गाउँपालिका जुग्लेबाट पक्राउ गरिएको हो ।
जुग्लेमा आफ्नो काकासँग भएको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख तथा एसपी अशोक सिंहले बताए । ‘अनुसन्धान गरी भाग्न सक्ने संभावित स्थानमा खोज तलास गर्ने क्रममा फेला पारेका हौं,’ उनले भने ।
चौधरीलाई फागुन १३ गते जबरजस्ती करणी मुद्धामा बाल सुधार गृह सराङकोटमा लगिएको थियो । पक्राउ परेका चौधरीलाई थप अनुसन्धानको लागि प्रहरी कार्यालय कास्की ल्याइएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.