www.tandavnews.com
Fact ~ In search of truth

एशियाडमा जाने प्याराग्लाइडिङ खेलाडी छनोट

पोखरा ।

इण्डोनेशियाको जर्कातामा १८ अगस्त देखि सेप्टेम्बर २ सम्म आयोजना हुने १८ औं एशियाली खेलकुद अन्र्तगत प्याराग्लाइडिङ खेलका लागि खेलाडीहरुको छनौट पोखरामा सुरु भएको छ । नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाडिङ संघको आयोजनामा खेलाडी छनौट गरिएको हो ।

नेपालले एशियाली खेलको प्याराग्लाइडिङ तर्फबाट दुइवटा इभेन्टमा १० जना खेलाडीको सहभागिता रहने महासचिव शैलेन्द्र रावतले बताए । बुधबार भएको छनौटमा इन्डिभिजुअल एकुरेसी, टिम एकुरेसी र टिम क्रस कन्ट्रीमा खेलाडीहरुले प्रतिष्पर्धा गरेका थिए । सहभागी २१ खेलाडी मध्ये १० जनाले एशियाली खेलमा सहभागिता जनाउन पाउनेछन ।

Batas

बुधबार छनौट भएका खेलाडीहरु टिम एकुरेसी र इन्डिभिजुअल एकुरेसी तर्फ १० र १० जना क्रस कन्ट्रीका गरि २० जना रहेका छन । ति मध्ये दुवै इभेन्टमा उनीहरुको परफरमेन्सका आधारमा अन्तिम १० जना छनौट गरिने महासचिब रावतले बताए ।

बुधबार टिम क्रस कन्ट्री तर्फ बिशाल थापा, शुसिल भट्टराइ, शेर बहादुर गुरुङ, बिमल अधिकारी, बिजय दाहाल, कृष्ण बहादुर सुनुवार, आशिष थापा, निशिन थापा, सुरज थापा र अनिश भट्टराइ छनौट भएका छन् । त्यसै गरि इन्डिभिजुअल एकुरेसी र टिम एकुरेसी तर्फ ऋषी पोडे, युबराज सुनुवार, मदन कुमार सुनुवार, सुवास थापा, अनिष भट्टराइ, युकेश गुरुङ, बिजय गौतम, सबिन राना मगर र बिशाल थापा छन । ति मध्ये युकेश गुरुङ कान्छा खेलाडी हुन् । १६ वर्षका युकेशले हाल एसइई परिक्षा समेत दिइरहेका छन ।

पोखरामा एशियाडमा जाने प्याराग्लाइडिङ खेलाडी छनौट भएकोमा धेरैमा उत्साह छाएको छ । नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष योगेश भट्टराइले नेपाली प्याराग्लाइडिङ खेलको २० वर्षे इतिहासमा नेपाली साहसिक खेलले नयाँ मोड लिएको बताए । ‘हामी निकै उत्साहित छौ,’ उनले भने, ‘पर्यटन संगै यो खेल नयाँ सोचका साथ अगाडी बढने र राज्यको चासो समेत यसमा रहने छ । देशको समृद्धीका लागि पनि यो खेलको विकास र संरक्षण आवश्यक छ ।’

नेपालको पोखरा, धरान, स्याङजा र सुर्खेतमा ब्यबसायिक हिसाबले प्याराग्लाइडिङ खेल्ने गरिए पनि पोखरा विश्वकै ‘टप टेन’ भित्र पर्दछ । नेपालमा टिम क्रस कन्ट्रीमा विश्वमा ‘टप टेन’ भित्र नेपालमा ६ जना खेलाडी समेत रहेकाले एशियाडमा प्याराग्लाइडिङ लाई चासोको रुपमा हेरिएको छ । एशियाली खेलमा ४५ देशले सहभागिता जनाउने भए पनि प्याराग्लाइडिङ तर्फ ३० भन्दा वढी देशको सहभागिता रहने अपेक्षा गरिएको छ ।

हाल पोखरामा मात्रै ६० भन्दा वढी प्याराग्लाइडिङका व्यवसायिक कम्पनीहरु रहेका छन् भने नेपालमा ५ सय जना खेलाडीहरु आवद्ध रहेको संघका सचिव इन्द्र भण्डारीले बताए । उनका अनुसार ति मध्ये २ सय ५० जना पूर्ण रुपमा ब्यवसायिक नै रहेका छन ।

एशियाली खेलमा पहिलो पटक समावेश हुन लागेको शाहसिक खेल प्याराग्लाइडिङ आमन्त्रित खेलका रुपमा रहने भण्डारीले जानकारी दिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.