पोखरा
ताण्डव न्यूज ।
नेपाल दशनामी युथले पर्वत कुस्मा–२ खुर्कोट निवासी माधव गिरीलाई आर्थिक सहयोग गरेको छ ।
फेसबुकबाट अभियान चलाएर दशनामी युथले माधवलाई नगद १ लाख सहयोग गरेकाे हो ।

गोरुले हानेर ढाडँको मेरुदण्ड नै भाचिएपछि हाल थला परेर बसेका माधवलाई घर खर्च स्वरुप रकम दिइएको हो ।
आर्थिक स्थिती कमजोर रहेका परिवारलाई माधवलेनै काम गरेर धानेका थिए ।
उनी थला परेपछि आम्दानीको स्रोत रोकिएको हो । उनको एक श्रीमती, दुई छोरी र एक छोरा छन् ।
फेसबुकबाट संकलित रकम नेपाल दशनामी युथका केन्द्रीय उपाध्यक्ष लिला गिरी र प्रदेश न ४ का अध्यक्ष रुद्र गिरीले पीडितलाई हस्तान्तरण गरेका हुन् ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.